पोखरा, २५ चैत । पोखरा–२५ को हेम्जा तुल्सीघाटमा सोमवार बिहान जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
कास्कीको माछापुच्छे् गाउँपालिकाको घाचोकबाट दूध बोकेर पोखरा बजार आउदै गरेको ग.१ज. ५१५८ नं को जीप अनियन्त्रितभई सडकबाट ५० मीटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परेका तीनै जनालाई उपचारका लागि फिस्टेल अस्पताल पोखरा लगिएको िजल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रबहादुर गुरुङले जानकारी दिए ।
त्यसैगरी स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–१४ सतौको भित्री सडकमा ग.१ख.४५२३ नं को बस अनियन्त्रितभई दुर्घटनाग्रस्त हुँदा बसमा सवार चालकसहित सात जना मध्ये दुई जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेमा पुतलीबजार नगरपालिका–१४ निवासी ८४ बर्षीया धनमाया गुरुङ र सोही स्थान निवासी ५० बर्षीया जमुना गुरुङ घाइते भएका छन् । घाइते दुबैलाइृ उपचारका लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको जानकारी ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले दिएको छ । बसका चालक प्रहरी नियन्त्रणमा छन् ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१