लेखनाथ, २४ चैत। लायन्स क्लब अफ लेखनाथले गरीब तथा विपन्न परिवारको आयआर्जनमा सहयोग पुग्ने गरी बाख्रा पैँचो कार्यक्रमअन्तर्गत माझठानास्थित ओख्ले गाउँमा बाख्रा वितरण गरेको छ।
सो कार्यक्रमअन्तर्गत शनिवार पोखरा २८, ओख्लेमा सो परिवारका ४३ वटा बाख्रा वितरण गरिएको हो।
बाख्रा पैँचो कार्यक्रम संरक्षक शेरबहादुर गुरुङले उक्त क्षेत्रका गरीब तथा विपन्न वर्गका महिलाहरुलाई बाख्रा वितरण गर्दै आफ्नो घर खर्च जोहो गर्न महिलाहरुले अरु कसैको सहारा नलिई स्वयंले आयआर्जन गर्न सक्ने भएकाले व्यावसायिक बाख्रापालक कृषक हुन आग्रह गरे।
लायन्स लेखनाथ अध्यक्ष उपेन्द्रराज सुवेदी राजुको अध्यक्षतामा भएको सो कार्यक्रमका संयोजक कृष्णप्रसाद तिमिल्सेना, स्थानीय राधाकृष्ण तिवारी र आमा समूह सदस्य छलिमाया तिमिल्सेनाले यस क्षेत्र बाख्रापालनका लागि उपयुक्त भएकाले कार्यक्रम महिलाहरुका लागि फलदायी भएको धारणा राखेका थिए।
लायन्स क्लबले २० वटा बाख्राबाट शुरु गरेको बाख्रा पैँचो कार्यक्रम १२ वर्षसम्म आईपुग्दा विभिन्न समूहमा ६ सय बढी बाख्रा वितरण गरेर आयआर्जनमा सहयोग पुर्याउँदै आएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१