पोखरा, २० चैत। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सल्लाहकारको स्वागत सम्मान गरेको छ। मञ्चको गत चैत ८ मा सम्पन्न दोस्रो बैठकले सात सदस्यीय सल्लाहकार मनोनीत गरेको थियो।
पोखरामा बुधबार आयोजित सल्लाहकार स्वागत तथा पोखरा स्पोर्टस् अवार्डबारे प्रारम्भिक छलफल कार्यक्रममा मञ्च संस्थापकतर्फबाट अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष तर्फबाट त्रिभुवन पौडेल, क्षेत्रीय खेलकुद विकास समितिको तर्फबाट सम्पन्न श्रेष्ठ, पत्रकार महासंघ कास्की अध्यक्षतर्फबाट दीपेन्द्र श्रेष्ठ, मञ्चका पूर्व अध्यक्षतर्फबाट विनोद लामिछाने, मञ्चका निवर्तमान अध्यक्ष केशव पाठक र पत्रकार दीननाथ बराललाई मनोनीत गरिएको व्यहोरा सहितको पत्र साथमा खादा लगाएर स्वागत सम्मान गरिएको हो।
कार्यक्रममा सल्लाहकार रामकृष्ण ज्ञवालीले पैसा भएरमात्र कार्यक्रम सफल नहुने, यसमा विभिन्न चरणको छलफल, बैठक र योजना हुनुपर्ने बताए। पत्रकार महासंघ केन्द्रीय सदस्य समेत रहेका मञ्चका संस्थापक अध्यक्ष ज्ञवालीले मञ्चको आगामी अवार्ड लगायत कार्यक्रममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए।
पत्रकार महासंघ कास्की अध्यक्षसमेत रहेका मञ्च सल्लाहकार दीपेन्द्र श्रेष्ठले विगतमा जस्तै विवेकसम्मत् सल्लाह सुझाव दिँदै जाने बताउँदै स्पोर्टस् अवार्ड प्रदेश स्तरमा गर्ने कि जिल्लास्तरमा गर्ने खाका बनाउनुपर्ने सुझाव दिए। उनले स्पोर्टस् अवार्डका लागि कुनै सन्दर्भ जोडेर क्यालेण्डर नै बनाई अघि बढ्नुपर्ने बताए।
सल्लाहकार सम्पन्न श्रेष्ठले स्पोर्टस् अवार्डले खेल र खेलाडीको विकासमा सहयोग पुगेको बताए। क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष श्रेष्ठले स्पोर्टस् अवार्ड आफैमा ब्राण्ड बनेको बताए।
पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले अवार्डको लागि पहिलो आवश्यकता भनेको आर्थिक नै हो भन्दै प्रस्तावना लिएर सम्भावित निकायमा जानुपर्ने सुझाव दिए।
सल्लाहकार विनोद लामिछानेले पोखरा स्पार्टस् अवार्डले खेलाडीलाई समेत उर्जा मिलेको बताए। उनले निश्चित गन्तव्य लिएर अघि बढेको मञ्चलाई आफूले विगतका दिनमा जस्तै आफ्नो तर्फबाट सल्लाह सुझाव सहित विभिन्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सल्लाहकार दीननाथ बरालले कार्यक्रम गर्दा हुने विगतको गल्ति कमजोरी सुधार गर्दै अघि बढ्न मञ्चलाई सुझाव दिए। उनले मञ्चले नियमित रुपमा आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्ड पोखराको खेल पर्यटनको लागि समेत महत्वपूर्ण भएको बताए।
मञ्चका निवर्तमान अध्यक्ष समेत रहेका सल्लाहकार केशव पाठक पोखरा बाहिर भएकोले उपस्थित हुन सकेनन्।
मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव विजय नेपालले गरेका थिए। मञ्चले आगामी जेठ अन्तिम साता चौथो संस्करणको पोखरा स्पोर्टस् अवार्ड गर्ने तयारी गरेको छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१