सरसफाई कार्यक्रम सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७५
sp

पोखरा, १९ चैत । ६२ औं सहकारी दिवसको अवसर पारेर पोखरा –१६, बाटुलेचौरमा सरसफाई गरिएको छ ।

गाउँविकास समाज बहुमुखी संस्था लि., नागरिक बचत तथा ऋण सहकारी संस्था लि., बाटुलेचौर हिमालय कृषि सहकारी संस्था लि. र प्रस्तावित केभ सिटी पर्यटन सहकारी संस्था लि.ले स्थानीय कालिका मन्दिर, हिमालय क्लब, वडा नं. १६ कार्यालय, गणेश मन्दिर परिसर क्षेत्रमा सरसफाई गरेका हुन् ।

कालिका मन्दिर परिसरबाट शुरु भएको सरसफाई कार्यक्रम राजपँधेरा चोकमा पुगेर समापन भएको थियो । कार्यक्रममा गाउँविकास समाज बहुमुखी सहकारीका अध्यक्ष प्रकाश थापा, नागरिक बचत तथा ऋण सहकारीका अध्यक्ष पुष्पराज तिमिल्सिना, बाटुलेचौर हिमालय कृषि सहकारीका अध्यक्ष जीवनारायण श्रेष्ठ जीवन, प्रस्तावित केभ सिटी पर्यटन सहकारीका अध्यक्ष बेनीबहादुर बस्नेत लगायत चारैवटा सहकारीका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै गरि सोही अवसरमा चमेरीगुफा कृषि सहकारी संस्था लि. पोखरा १६, बाटुलेचौरले संगमचोक क्षेत्रमा सरसफाई गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width