१६२ यूनिट रक्त संकलन

एजेन्सी
चैत्र १६, २०७५
55664426_10216537454901499_8246236293768413184_n (1)

पोखरा, १६ चैत, अन्नपूर्ण एफएम ९३.४ द्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा १६२ यूनिट रगत संकलन भएको छ ।

एफएम प्राङगणमा आयोजना गरिएको १८ औं संस्करणको रक्तदान उक्त युनिट रगत संकलन भएको हो ।
क्षेत्रीय रक्तसंचार सेवा पोखराको प्राविधिक समन्वयमा गरिएको रक्तदानमा ५४ महिला र १०८ पुरुष सहभागी थिए ।

एफएमका प्रवन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा पहिलो रक्तदाता चीतवनबाट रगत दिन आएका हरि अधिकारीलाई एफएमका अध्यक्ष विश्वशंकर पालिखेले व्लड ब्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् ।

एफएमको बार्षिकोत्सवको अवसरमा हरेक बर्षको चैत महिनामा रगतको अभाव हुने गरेकोले रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको एफएमका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताए । साईकल सिटि पोखराका जितेन्द्रमान शाक्यले ६५ औं पटक रक्तदान गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width