दमौली, १२ चैत । नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा छन् ।
पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँका अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई तिनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई अनुसन्धान थालिएको छ । उनीहरूका साथबाट चन्दा रसिद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले गत फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो ।
विप्लव विरुद्ध बढ्यो प्रहरी सक्रियता जिल्ला–जिल्लावाट कार्यकर्ता पक्राउ
नवलपरासी, १२ चेत्र । विप्लव नेतृत्वको नेकपाका गतिविधि रोक्न नवलपरासीमा प्रहरीले सक्रियता बढाएको छ ।
गएराति मात्रै पूर्वी नवलपरासीमा एक जना र पश्चिम नवलपरासीमा एक जना गरी दुई जना जिल्ला स्तरका नेताहरुलाई पक्राउ गरे लगतै मंगलबार दिउँसो पूर्वी नवलपरासीको जनपरिषद प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक अर्जुन रानाभाटले जिल्लामा विप्लवका गतिविधि रोक्नका लागि सुरक्षा सतर्कता बढाएको बताए । ‘हामीले सम्भावित क्षेत्रमा सादा पोशाकमा प्रहरी खटाएका छौं । उनीहरुको कुनै पनि गतिविधि हुन नदिनका लागि हामीले सक्रियता बढाएका छौं ।’ उनले भने ।
प्रहरीले सोमबार राति विप्लवको नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्द्नियालाई पक्राउ गरेको थियो भने मंगलबार नवलपुरका जनपरिषद प्रमुख दानबहादुर आचार्यलाई पक्राउ गरेको हो ।
यसैबीच फागुन २९ गतेको बन्दमा नवलपरासीको सरावलमा दुई वटा ट्रकमा आगजनी गरेको अभियोगमा सुमन ज्ञवालीलाई मुद्दा चलाई कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
रामकुमार श्रेष्ठ
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१