पचभैैयामा पानी दिवश

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७५
khanepani_dhara6110

पोखरा, १० चैत । बिश्व पानी दिवशको अवसर पारेर पोखरा–३१ पचभैया स्थित कुर्लुङखोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले शुक्रबार २१ औं साधरणसभा सम्पन्न गरेको छ ।

सोही अवसरमा संस्थाले पचभैया क्षेत्रका चार सय ६ घर धुरीमा खानेपानी पुर्याएको छैटौ वार्षिकोत्सव समेत मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिककराम पौडेलले खानेपानी सम्पूर्ण विकासको आधारभूत स्रोत भएकोले लेखनाथमा खानेपानीको सुलभ वितरण हुनुपर्नेमा जोड दिए ।

वडाध्यक्ष कमल बहादुर थापाले बेगनासताल र रुपातालको केही क्षेत्र समेटिएको वडा नं३१ मा कुनैपनि हालतमा खानेपानी अभाव हुन नहुने बताए । कुर्लुगंखोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिननाथ ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी धु्रवनाथ अधिकारी, दामोदरभक्त थापा, खेमनाथ भट्राइ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै