पोखरा, ६ चैत। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा प्लाष्टिकको वैकल्पिक झोला सिलाइ तालिम शुरु भएको छ।
केन्द्रको कार्यालय हल्लनचोकमा शुरु तालिममा सो क्षेत्रका विभिन्न आमा समूहका २० जना प्रतिनिधिको सहभागिता छ।
प्रमुख अतिथि पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी र डिभिजन वन कार्यालय कास्कीका प्रमुख धनञ्जय लामिछानेले संयुक्त रुपमा तालिम उद्घाटन गरेका हुन्।
सात दिनसम्म चल्ने तालिममा प्रशिक्षक सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष मीना भट्टराईले सिलाइबारे जानकारी दिने छन्।
उनको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कास्कीका कार्यबाहक अध्यक्ष बोधराज कार्की, संस्थाका सल्लाहकार पम्फा पहारी, मितेरी नारी समूहका अध्यक्ष मीरा पौडेल, वडा प्रहरी कार्यालय बैदामका डिएसपी कमल शाहले वातावरण प्रदूषण नियन्त्रणमा तालिम फलदायी हुने बताएका थिए।
कार्यक्रममा स्वागत तालिम संयोजक ठाकुर बराल र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए।
तालिमपछि उत्पादित झालाहरु एक समारोह आयोजना गरी सो क्षेत्रका मानिसलाई निःशुल्क वितरण गरिने संस्थाकी अध्यक्ष भट्टराईले जानकारी दिइन्।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१