हेमजा, ५ चैत। अन्नपूर्ण गाउँपालिका ८ स्थित वीरेठाँटी युवा परिवारको आयोजनामा वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु भएको छ। मंगलबारदेखि शुरु मेला चैत ९ सम्म स्थानीय वीरेठाँटी माविको प्राङगणमा चल्नेछ।
मेला उद्घाटन गर्दै प्रमुख अतिथि बयोवृद्घ समाजसेवी कप्तान कुलबहादुर गुरुङले समाज बनाउने दायित्व सबैको भएको भनाइ राख्दै संस्कार र संस्कृतिलाई कसैले पनि भुल्न नहने बताए। उनले आफू बाँचुञ्जेल आफ्नो क्षेत्रको विकासमा लागि पर्ने पनि जनाए।
नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष तथा क्लबका वरिष्ठ सल्लाहकार देवेन्द्रकुमार शेरचनले परापूर्वकालदेखि वीरेठाँटीमा मेला लाग्दै आएको चर्चा गर्दै वीरेठाँटीलाई राष्ट्रिय तथा अन्तर ाष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यका साथ मेला गरिँदै आएको स्पष्ट पारे। उनले वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकारको अवधारण आएकोतर्फ संकेत गर्दै त्यसले त्यहाँको पर्यटन प्रबद्र्घनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
वडाध्यक्ष विजय गुरुङले मेला महोत्सवलाई प्रबद्र्घन गर्ने सोचमा वडा कार्यालय रहेको जनाउँदै गाउँपालिकाले मेलालाई सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे।
अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति दाङसिङका अध्यक्ष तिलबहादुर गुरुङले मोहरियामा हुने तीजमेला, उल्लेरीमा हुने पूर्णिमा मेला तथा वीरेठाँटीमा हुने फागुपूर्णिमा मेला दाङसिङका पहिचान भएको भन्दै स्थानीय मेला महोत्सवको संरक्षण गर्नुपर्ने बताए।
वीरेठाँटी मावि प्रधानाध्यापक प्रेमबहादुर थापाले मेलालाई सफल बनाउने दायित्व सबै दाङसिङवासीको भएको उल्लेख गरे। त्यस अवसरमा कलाकार सुरेन्द्र गुरुङ, तुलसा क्षेत्री तथा स्थानीय सलिना गुरुङ लगायतले प्रस्तुति राखेका थिए।
मेला आकर्षणमा अन्तरगाउँपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, फोटो प्रदर्शनी, रस्साकस्सी, छेलो प्रतियोगिता, हिमाली सांस्कृतिक परिवारको प्रस्तुति लगायत रहेको क्लब सल्लाहकार देवेन्द्रकुमार शेरचनले जनाएका छन्।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ मेला गरिएको हो। जसबाट पर्यटन प्रबद्र्घन हुने र युवा वर्गमा लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने अपेक्षा गरिएको छ। क्लब अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव अतित गुरुङले स्वागत तथा संचालन स्थानीय भूमे आधारभूत विद्यालयका प्रधानाध्यापक तेजप्रसाद शर्माले गरेका थिए।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१