पोखरा, चैत ५ । कास्कीमा बर्डफ्लुको संक्रमण देखिएपछि वाहिरवाट ल्याइने कुखुरा र कुखुराजन्य वस्तुमा रोक लगाइएको छ ।
हेटौडा, काठमाण्डौ लगायतका क्षेत्रमा बडैफ्लु यस अघि नै देखिएको र कास्कीको मादी गाउँपालिका ३ याङजाकोटकी सन्तुदेवी परियारले पालेका कुखुरामा पनि बर्डफ्लु देखिएपछि कास्कीका अन्य ठाँउमा पनि यस्तो संक्रमण हुन फैलिन सक्ने भन्दै वाहिरवाट कुखुरा र कुखुराजन्य वस्तु ल्याउन रोक लगाइएको हो । १० दिनसम्म आयात निर्यात रोकलगाइएको जिल्ला पशु कार्यालय कार्यालय कास्कीले जानकारी दिएको छ ।
कास्की भित्रिने दुईवटा नाकाहरु सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गमा चिकित्सक सहितको विशेष टोली खटाएर कुखुरा चेकजाँच गराईएको पाण्डेले जानकारी दिए । कार्यालयले चैत १४ गतेसम्म कुखुरा र कुखुराजन्य पदार्थ आयातमा रोक लगाएको छ ।
परियारका कुखुरा मर्न थालेपछि परीक्षणका लागि पठाईएकोमा बर्डफ्लु पोजिटिभ देखिएको जिल्ला बर्डफ्लू रोग नियन्त्रण कक्ष कास्कीका इन्चार्ज केदारराज पाण्डेले जानकारी दिए । बर्डफ्लू प्रमाणीत भएपछि कार्यालयले त्यस क्षेत्रका कुखुरा मार्न थालेको छ ।
पहिलो चरणमा ७७ वटा स्थानीय जातका कुखुरा, ८५ वटा अण्डा, ३५ किलो दाना र १० किलो सुली नष्ट गरिएको पाण्डेले बताए । परियारले पालेको गिरिराज कुखुरामा बर्डफ्लु देखिएको थियो । पछि त्यही फ्लू अन्य कुखुरामा पनि सरेको उनको भनाई छ । अहिले कार्यालयले बर्डफ्लु लागेको क्षेत्रमा चार किल्ला तोकेर नियमित निगरानी बढाएको छ ,
फागुनको पहिलो सातादेखि बर्डफ्लुको संक्रमण देखिएको पाण्डेको भनाई छ । फागुनको पहिलो साता नै बर्डफ्लुको शंका थियो । हामीलाई शंका लागेपछि स्याम्पल ल्याएर परीक्षणमा पठायौं, उनी भन्छन दुई पटकसम्म पठाउँदा पोजिटिभ देखियो । त्यसपछि अरु ठाउँको स्याम्पल पनि जम्मा गरेर पठाएका छौं ।’ उनका अनुसार बर्डफ्लुपछि नष्ट गरिएका कुखुरा र कुखुराजन्य पदार्थलाई चल्तीको मुल्यमा ७५ प्रतिशत अनुदान सरकारले उपलब्ध गराउनेछ ।
बर्डफ्लुको संक्रमण देखिएपनि कुखुराजन्य पदार्थ ओसारपसार नगर्ने निर्णय भएको कास्की पोल्ट्री ब्यवसायी संघका अध्यक्ष गुरु पौडेलले बताए । ‘हामीले छुट्टै अनुगमन समिति बनाएका छौं । १० दिन कुखुरा नभित्र्याउने हाम्रो सहमति छ, उनले भने–यो बेला सप्लार्यहरु सरसफाई गर्ने र औषधी उपचारमा क्रियाशिल हुन्छौं ।’
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१