पोखरा, ३ चैत । चैतको ६ गते फागु पूर्णिमाको दिन पोखरामा हुने होली म्युजिक फेष्टिवलको तयारी पूरा भएको छ ।
पोखरा सांगीतिक कलाकार संघ, नेपालले आइतबार पत्रकार सम्मेलनमा होली म्युजिक फेष्टिवलको सबै तयारी पूरा भएका जानकारी गराएको हो । पोखरेली कलाकार संघ, नेपालले कलाकारहरुको उपचार अक्षयकोष स्थापना गर्ने उद्देश्यले होली फेष्टिवल गर्न लागेको हो । पोखरा लेकसाइडको हल्लनचोकस्थित क्याम्पिङचौरमा विहान ११ बजेदेखि वेलुकी ६ बजेसम्म सांगीतिक कार्यक्रम गर्ने भएको हो ।
म्युजिक फेष्टिवलमा डिजे सेसन, सोलो आर्टिस्टहरुको सोलो म्युजिक प्रस्तुति, चर्चित व्याण्डहरुको प्रस्तुति रहने संघका अध्यक्ष सुनिल थापाले बताए ।
म्युजिक फेष्टिवलअन्तरगत विहानको ११ बजेदेखि दिउँसो २ बजेसम्म डिजे सेसन हुनेछ । २ बजेदेखि ३:३० सम्म विनोद वानिया, भाई गुरुङ, एन जे सागर शाह, आनन्दराज बज्राचार्य, प्राप्ती तुलाचन र बबी सुनारलगायतको सोलो आर्टिस्टहरुको प्रस्तुति रहनेछ । त्यस्तै, ३ः३० बजेदेखि बेलुकी ६ बजेसम्म कन्दरा ब्याण्ड, डि–मर्चा, लेकाली र देउरालीलगायतका ब्याण्डहरुको प्रस्तुति रहनेछ ।
कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ । कार्यक्रमका लागि अमेरिका, वेलायत, जापान, हङकङलगायतको विदेशबाट आर्थिक सहयोग मिलेको अध्यक्ष थापाले बताए । कार्यक्रमबाट करिब १४ लाख आर्थिक संकलन हुने कार्यक्रम सम्पन्न गर्न ६ लाख खर्च हुने बताइएको छ । संकलित आर्थिक रकममध्येबाट ८ लाख वचत हुने र बचत रकमलाई कलाकार अक्षयकोषमा बृद्धि गरिने अध्यक्ष थापाको भनाई छ ।
कफी बियाँको टाइटल स्पोन्सर तथा हिमाअस कन्सल्टेन्सीको प्रस्तुतिमा हुने कार्यक्रमलाई मुग्लान रेष्टुरेन्टको सहयोग रहनेछ ।
पत्रकार सम्मेलनमा हङकङ भेट्रानले संघलाई एकलाखको चेक हस्तान्तरण गरेको छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१