पोखरा, १ चैत । पाँचौ साफ महिला च्याम्पियनसिपबाट माल्दिभ्स बाहिरिएको छ ।
विराटनगरमा भइरहेको खेलमा लगातार दुई खेल हार्दै माल्दिभ्स च्याम्पियनसिपबाट बाहिरिएको हो । शुक्रवार भएको समूह बी को खेलमा श्रीलंकाले २–० जित निकालेपछि माल्दिभ्स च्याम्पियनसिपबाट बाहिरियो । यसअघि भारतसँग पहिलो खेलमा ६–० ले पराजित भएको माल्दिभ्स भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ ।
शुक्रबारको खेलसँगै साफ महिला च्याम्पियिनसिपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । यस समूहबाट भारत र श्रीलंका सेमिफाइनल पुगेका छन् । यस्तै समूह ए बाट नेपाल र बंगलादेशले अन्तिम चारमा स्थान बनाउन सफल रह्यो ।
शुक्रवार शहिद रंगशामा भएको खेलमा श्रीलंकालाई जित दिलाउन चालानी कुमारी इकानायाकेले दुवै गोल गरिन् । उनले ४० औँ र ५० औँ मिनेटमा गोल गरेकी थिइन् ।
अब भारत र श्रीलंकाबीच आइतवार समूह चरणको अन्तिम खेल हुनेछ । त्यसबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यसअघि नै समूह ए बाट घरेलु टोली नेपाल र माल्दिभ्सले एक खेल अघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । दुवै टिमले भुटानलाई पराजित गरेको थियो ।
नेपाल र बंगलादेशबीच शनिवार समूह ए को अन्तिम खेल हुँदैछ । उक्त खेलले समूह विजेताको निर्णय हुनेछ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१