पोखरा, २८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमति मध्य केही बुँदा लोकतन्त्र र राष्ट्र बिरोधी भएका बताएका छन् ।
प्रेस युनियन कास्कीद्वारा मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाटमा सभापती देउवाले भने—सीके राउतसँग सरकारले गरेको सहमति विखण्डनकारीलाई मान्यता दिएको देखिन्छ, यस्ता सहमतिले राष्ट्र टुक्रने खतरा बढ्न सक्छ ।
सीके राउतसँग गरिएको सम्झौताका कतिपय बुँदा आपत्तिजनक छन्। दुई नम्बर बुँदामा त्यसरी द्विअर्थी शब्द राख्नुको साटो चुनाव भनेर उल्लेख गर्दा के हुन्थ्यो, स्वतन्त्र मधेस गठबन्धन राख्न हुदैनथ्यो, जसका कारण जनकपुरमा स्वतन्त्र मधेशको नारा उठीसकेको छ, देउवाले भने—सीके राउतलाई मूलधारमा ल्याउनु सकरात्मक हो तर सहमतिका बुँदामा संविधान र लोकतन्त्रको ख्याल गर्नु पर्ने थियो ।
उनले मुलुकको अखण्डता, भौगोलिक एकता र सम्प्रभुतालाई सम्मान गर्दै संविधानभित्र रहेर सहमति गर्नु पर्ने थियो तर सीके राउतसँग गरिएको सहमतिवाट सरकार नै राष्ट्र टुक्राउन उद्धत भएको हो की जस्तो देखिन्छ देउवाको भने ।स्थितिले भयाबह रुप नलिँदै समाधानको लागि पहल गरेर सरकार अगाडि वढ्न पर्छ, उनले भने– समस्या फेरि पनि सीके राउतबाटै सिर्जना हुन सक्छ ।
सरकारले अहिले आफूलाई भन्दा सीके राउतलाई बढी महत्व दिएको छ, सम्झौतामा हस्ताक्षर गरेर भाषण गरिसकेपछि बाहिर निस्किनासाथ सीके राउत र उनका कार्यकर्ताले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि भनेको जनमतसंग्रह हो भन्दै प्रचार थालेपछि झस्किनुपर्ने अवस्था आएको छ, देउवाले भने— सीके राउतलाई मूल राजनीतिक धारमा ल्याउदा गरिएका समहितका बुँदामा प्रतिपक्षीदलसँग कुनै सल्लाह र सुझाव नै लिइएन ।
सरकारले जेलभित्रै सहमति गरेर राउतलाई रिहा गरेको र घटनाक्रम हेर्दा सीके राउतको नियत सफा देखिएको छैन, देउवाले भने— उनले मधेशमा उग्र भावना सिर्जना गरेर मधेसी जनतालाई भड्काउने काम उनले गरेका थिए ।
त्यस्तै अर्को प्रसंङ्गमा देउवाले प्रेसमाथि आक्रमण गरी केपी नेतृत्वको सरकार अधिनायकवादतर्फ अगाडि वढ्न खोज्दै छ, प्रेस स्वतन्त्रता हनन् हुन नदिन नेपाली काँग्रेस सधै लड्ने छ, प्रेसका साथीहरु पनि त्यसतर्फ चनाखो हुन जरुरी भएको बताए ।
प्रेस स्वतन्त्रता बिना लोकतन्त्र सफल हुदैन, केपी नेतृत्वको सरकारले पहिलो आक्रमण नै प्रेसमाथि गर्न खोज्दै छ, देउवाले भने — नेपाली काँग्रेस स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, व्यक्त स्वतन्त्रता र लोकतन्त्रप्रति कसँसँग सम्झौता गर्दैन ।
बर्तमान सरकार संविधानको भावना र जनताको चाहना विपरित चल्दै छ, केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचारको जालो फैलिएको छ । आम नागरिकले सरकारवाट सेवा भन्दा पनि त्रास भोग्नु परेको छ, शान्ति सुरक्षा छैन, अरबौका भ्रष्टाचार भएका छन्, मंहगी, करवृद्धि, सुशासन दिएको छैन, उनले भने — चिकित्सा शिक्षा विधेयक देशको हित विपरित ल्याइएको छ ।
नेपाली काँग्रेसले अब देश र जनताका दैनिक समस्यामा एक भएर अगाडि वढ्ने छ, उनले भने– आम नागरिकले वर्तमान सरकारले जनताको हितमा काम गरेन भनी अहिले महशुस गर्न थालेको छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१