हेमजा, २७ फागुन। रिभानचौर नाथु–प्रल्हाद ङेह्रो पैंगिलामा परिवार समिति कास्कीको रजतजयन्ती अन्तर्गत त्रिदिवसीय कार्यक्रम सोमवार याम्दीमा शुरु भएको छ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा विकास मन्त्री किरण गुरुङले सुब्बा नाथु तथा सुब्बा प्रल्हाद गुरुङले नेपाल र भोटको युद्घमा उल्लेख्य योगदान गरेको स्मरण गर्दै उनीहरुलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने बताए। मन्त्री गुरुङले भक्ति थापा, काजी अमरसिंह थापाले जस्तै देशका लागि उनीहरुको योगदान गरेको जनाएका थिए।
पूर्व सांसद सीता गिरी ओलीले सुब्बा नाथु गुरुङ तथा प्रल्हाद गुरुङले गरेको योगदानलाई कम नआँक्न अनुरोध गरिन्।
त्यस अवसरमा मूर्तिकार विष्णु बराल, इन्द्रेणी सांस्कृतिक परिवारका प्रमुख गायक कृष्ण कणेर्ल लगायतले धारणा राखेका थिए।
कार्यक्रमबीच रजतजयन्ती स्मारिका–२०७५ विमोचन, सुब्बा नाथु गुरुङ तथा सुब्बा प्रल्हाद गुरुङको संयुक्त सालिक अनावरण गरियो । त्यस्तै, राष्ट्रिय झण्डा, नाथु तथा प्रल्हाद गुरुङका झण्डा झण्डोत्तोलन गरिएको थियो।
तीन दिनसम्म मनाइने रजतजयन्ती अन्तर्गत संस्थापक, लामो समय सेवा गर्ने सदस्य र उत्कृष्ट काम गर्ने सदस्यलाई सम्मान, विविध सांस्कृतिक प्रस्तुति एवं अन्तिम दिन समापन समारोह हुने समिति अध्यक्ष क्या. डम्बरबहादुर गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्ष सु. कर्णबहादुर गुरुङले स्वागत र महासचिव यामबहादुर गुरुङले संचालन गरेका थिए।
रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैंगिलामा परिवार समिति कास्की स्थापना भएपछि २०५४ सालमा बंशवृक्ष पुस्तक प्रकाशित गर्नुको साथै नाथु प्रल्हाद स्मृति भवन निर्माण गरिएको थियो।
त्यस्तै, २०६६ सालमा नाथु प्रल्हाद संग्रहालय निर्माण गरिएको थियो। सो संग्रहालयमा नाथु प्रल्हाद र पुर्खाले प्रयोग गरेका हतियारहरु राखिएको छ। पूर्खा नाथु प्रल्हादले नेपाली सेनामा रहेर अग्रेजसँगको युद्वमा प्रदर्शन गरेको वीरता सदैव स्मरणीय रहने समितिले जनाएको छ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१