ब्युटीपार्लर एशोसयसनको सौन्दर्यकर्मी प्रधानलाई सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७५
53664115_1234294273412757_149546358905241600_n


पोखरा, २४ फागुन । १०९ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ब्युटीपार्लर एशोसिएसन कास्कीले पोखरा—११ फुलबारीस्थित सौन्दर्यकर्मी चन्द्रा प्रधानलाई सम्मान गरेको छ ।

एशोसिएसनले शुक्रबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा ३३ वर्ष देखि निन्तररुपमा सौन्दय व्यवसायमा लागेको भन्दै प्रधानलाई सम्मान गरिएको हो । प्रधानलाई कार्यक्रमका प्रमुख अतिथि एशोसिएसनका वरिष्ठ सल्लाहकार तथा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चीनु गुरुङले सम्मानपत्र, दोसल्ला, खादा र बुकेले सम्मान गरेकी हुन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले आर्थिक सशक्तिकरणको लागि सौन्दर्य व्यवसायले व्यक्तिलाई मात्र नभएर राष्ट्रलाई नै सहयोग गरिरहेको बताइन् । त्यसैले सौन्दर्य व्यवसायीको हक, हित र अधिकारको लागि व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आफु पोखरा उद्योग वाणिज्य संघमा आवद्ध भएको बताइन् । उनले विधिगत र व्यवस्थित व्यवसाय गर्नुपर्नेमा जोड दिदैँ, व्यवहारिक बन्न सौन्दयकर्मी व्यवसायीहरुलाई सुझाव दिइन् ।

कार्यक्रममा ब्युटीपार्लर एशोसिएसन कास्कीका कानुनी सल्लाहकार गीता आचार्य, ब्युटीपार्लर एशोसिएसन लेखनाथ इकाइका सल्लाहकार इन्दिरा रोक्का, कस्मेटिक व्यवसायी संघका प्रथम उपाध्यक्ष दुर्गा बराल, सम्मानित व्यक्तित्व चन्द्रा प्रधान लगायतले महिला आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिएका थिए ।

ब्युटीपार्लर एशोसिएसन कास्कीका अध्यक्ष कल्पना कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बविता केसी कार्कीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width