काठमाण्डौ, २३ फागुन । राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारले आफूहरूसँग भएका सहमति एक वर्षसम्म कार्यान्वयन नगरेपछि आफूहरूले बाध्य भएर सहमति फिर्ता लिएको जनाएका छन् । हामीले उठाएका माग सम्बोधन नभएपछि सहमति फिर्ता लिएका जानकारी उनले दिए ।
बुधवार कैलाली जिल्ला अदालतले राजपा सांसद रेशम चौधरीलाई टिकापुर घटनामा दोषि ठहर गर्दै आजिवन काराबासको फैसला गरेको थियो। तर, राजपा नेता रायले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र रेशम चौधरीलाई दोषि ठहर गर्नुमा कुनै तालमेल नभएको उनले दाबि गरेका छन् ।
रेशम चौधरीबारे अदालतको निर्णय आएको हो। कानुनको राजमा लोकतान्त्रिक पार्टीले अदालतको निर्णयलाई मान्यता दिन्छ,’ उनले भने,‘समर्थन फिर्ता लिनु छुट्टै विषय हो। यो सँग कुनै सरोकार छैन।’
बुधबार सांसद रेशम चौधरीमाथि आजीवन काराबासको फैसला आएसँगै राजपाले आकस्मिक बैठक बसेको थियो। यसका साथै राजपा बैठकले राजापका सांसद चौधरीलाई जिल्ला अदालतबाट भएको आजीवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाल स्तब्ध र मर्माहत भएको जनाएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१