हेमजा, १६ फागुन। पोखरा–२५, हेमजास्थित देवीस्थान आमा समूहको भवन निर्माण गरिएको छ।
२०७३ पुस ११ गते शिलान्यास सो भवनको हालै एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
भवनको जग्गादाता झपटबहादुर भण्डारी तथा गंगा भण्डारीले उद्घाटन गरेका हुन्। त्यस अवसरमा भनाइ राख्दै उनीहरुको भवनको सदुपयोग गर्नुपनेर्मा जोड दिए।
करिब १७ लाख रुपैयाँ नगद तथा अन्य सहयोगदाताको जिन्सी सामग्री प्रयोग गरी ६ आना क्षेत्रफलमा भवन निर्माण गरिएको हो। साढे एकतले उक्त भवनमा दुई शौचालय त्यस्तै ट्रस सहितको क्रियाकर्म स्थल निर्माण गरिएको छ।
त्यस्तै बत्ती, पानी, फर्निचरको व्यवस्था पनि गरिएको छ। भवनलाई समूहको प्रयोजनका अलावा किरिया घरका रुपमा पनि प्रयोग गरिँदै आएको छ।
उक्त भवनमा हालसम्म २० परिवार बढीले किरियाकर्म गरिसकेको आमा समूहकी अध्यक्ष बुद्घदेवी कुँवरले जानकारी दिइन्। समूहका सल्लाहकार श्यामबहादुर खड्काले भवनलाई अझै व्यवस्थित गर्न बाँकी रहेको बताए। बिहीवार उक्त भवनमा आमाको किरिया कर्म गरिरहेका स्थानीय भीमसेन टोल निवासी कृष्णबहादुर सापकोटाले भवनमा पण्डित, पहेंलो फूल, केराको गाँज, दाँत माझ्ने सजीवन, टेलीफोन लगायतका पक्ष उपलब्ध गराउन सके कर्ममा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे।
समूह भवनमा किरिया कर्म चलाएपछि हेमजा क्षेत्रमा कोठाभाडामा लिइ बस्ने समुदाय बढी लाभदायी भएको आमा समूहले जनाएको छ।
भवनमा पुस्तक तथा पत्रपत्रिका पनि राख्ने व्यवस्था गर्न लागिएको समूह अध्यक्ष कुँवरको भनाइ छ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१