फागुन १४, पोखरा । वेगनास ताल किनारमा जारी प्रथम सेभेन ए साईड वेगनास कपमा तेश्रो दिन ६ खेल सम्पन्न भएका छन्।
मंगलबार सम्पन्न पहिलो खेलमा लामागाउँ ए विरुद्ध पचभैया सि ले ५—६ को कठिन जित निकालेको छ , निर्धारित तथा अतिरिक्त समयसम्म कुनै गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
त्यस्तै अर्को खेलमा झरना एफ सि ले नयाँ गाउँ बि लाई शून्य का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै अर्को चरण प्रवेश गरेको छ। दुवै समुहले राष्ट्रिय स्तरका खेलाडी मैदान उतारेको भए पनि नयांगाउँले आफूलाई समयमा समाल्न नसक्दा दोश्रो हाफमा २ गोल खांदै प्रतियोगितावाट वाहिरिएको थियो ।
तेश्रो खेलमा नयाँगाउँ ए ले वुढिवजार एफ सि लाई ५ — १ को फराकिलो गोलले पाखा लगाउँदै सैनिक ए विरुद्ध मैदान उत्रेको माईनर युथ क्लव एस ओ एस पनि ५—२ को फराकिलो हार वेहोर्दा स्तब्ध वनेको थियो।
खेल अगावै बुद्ध शान्ति युवा क्लवले वाक ओभर दिदा यसको पूर्ण फाईदा गेटवे फाउन्डेसनलाई पुग्यो । मैदान उत्रन नपाउदै गेटवे बिजयी वनेर अघिल्लो चरण प्रवेश गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा हिमचुली एफ सि विरुद्ध मैदान उत्रेको मेरो नेपालले ले १ —२ को नतिजा निकाल्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको छ। विजयी सम्पूर्ण टिम अर्को चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो पुरस्कारमा १५ हजार ५ सय पचपन्न सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले ८ हजार उच्च गोलकर्ताले ५ हजार, उत्कृष्ट प्लेमेकर ५ हजार, उत्कृष्ट डिफेन्स ५ हजार र उत्कृष्ट गोल रक्षकले रु ५ हजार प्राप्त गर्नेछन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१