पोखरा इन्टरनेटको सेवा केन्द्र जिरोमा पनि

एजेन्सी
फागुन १३, २०७५
pokhara internet zero


पोखरा, १३ फागुन । ग्राहकको सुविधालाई मध्यनजर गर्दै पोखरा इन्टरनेटले पोखराको जिरोकिलोमिटरमा सेवा केन्द्र स्थापना गरेको छ । ग्राहकहरुले जिरो किलोमिटरको यो सेवा केन्द्रमार्फत प्राविधिक सहयोगसँगै कम्पनीले दिएका सम्पूर्ण सुविधा लिन सक्नेछन् ।

आफ्नो कम्पनीमा निरन्तर १० वर्षदेखि कार्यरत कर्मचारी मानबहादुर गुरुङको हातबाट कम्पनीले सेवा केन्द्रको शुभारम्भ गरेको हो । कम्पनीले ग्राहकको सुविधालाई ध्यान दिँदै पोखराका अन्य स्थानहरुमा पनि सेवा केन्द्र स्थापना गर्ने बताएको छ । जिरो किलोमिटरमा सेवा केन्द्र शुभारम्भ गर्दै कम्पनीले फूलवारी, विरौटा र अमरसिंह चोकमा छिट्टै सेवा केन्द्र स्थापना गर्ने पोखरा इन्टरनेटका प्रमुख कार्यकारी अधिकृत सरोज कोईरालाले बताए ।

पोखरा इन्टरनेटले एउटै केबुलबाट इन्टरनेट र टेलिभिजन हेर्न सक्ने गरि ग्राहकलाई सुविधा प्रदान गनर्ने वताइएको छ । सेवा केन्द्रबाट इन्टरनेट प्रयोगकर्तासँगै कम्पनीले नै यस क्षेत्रमा वितरण गरिरहेको ‘क्लियर टिभी’ सम्बन्धी सुविधा पनि लिन सक्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width