पाल्पा १३, फागुन । प्रदेश नंं. ५ को नामाकरण र स्थायी राजधानीका बारेमा पाल्पा जिल्लामा सुझाव संकलन गरिएको छ ।
जिल्ला जिल्लामा सुझाव संकलन गर्ने क्रममा विशेष समितिका सदस्यले पाल्पामा पनि सुझाव संकलन गरेका हुन् । प्रदेशको नामाकरण विश्व पहिचानका दृष्टिकोणले लुम्बिनी उपयुक्त भएकाले घोषणामा ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।
विशेष समितिले नामाकरणमा प्रदेशको ऐतिहासिकता, सामाजिक साँस्कृतिक र भौगोलिक आधारमा नामाकरण गर्नु सुझाव मागेको छ । आदीवासी जनजाति माहसंघले भने मगरॉत थारुहट नाम राख्नुपर्ने पुरानै मागमा आफ्ना अडान रहेको जनाएको छ ।
स्थायी राजधानीका सम्बन्धमा ८ वा बिषय भित्र केन्द्रित भएर प्रश्नावली तयार गरिएको छ । स्थायी राजधानीका सम्बन्धमा प्रदेश सरकार नै स्पष्ट भइ जग्गा व्यवस्थापन, संरचनाको निर्माण, भौगोलिक सुगमता र वातावरणीय हिसाबले सोच्नुपर्ने सुझावहरु आएका छन् तर पाल्पालाई भने रुपन्देही नै पायक पर्ने सहभागीहरुले मत राखेका छन् ।
विवाद उत्पन्न गर्ने, आ–आफ्नै अडानमा बस्ने भन्दा सहमतिका आधारमा नामाकरण र राजधानी तोक्ने बिषयमा ढिलाई गर्ने नहुने सुझाव दिएका छन् । प्रदेश नामाकरण र स्थायी राजधानी सिफारिस विशेष समितिका संयोजक देवेन्द्र कुमार पुनमगरले जनताको अवनत्वबोध हुने गरी आएका सुझावलाई समितिले प्रतिवेदन बनाएर प्रदेश सभामा लैजाने बताए ।
समितिका तीन सदस्य विशेष समिति बाबुराम गौतम, भुवनेश्वर चौधरी र सहसराम यादवले सुझाव संकलनमा खटिएका छन् ।
Related News
सम्बन्धित समाचार
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१