पोखरा, १२ फागुन । पोखरा ३१ वेगनासताल किनारमा आइतवारदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । ‘सभ्यता र संस्कृतिका लागि खेलकुद’ भन्ने उद्देश्यका साथ वेगनास युवा क्लवले पहिलो पटक फुटबल आयोजना गरेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख मानवहादुर जिसीले खेलकुदको विकासका लागि महानगर सधै तयार रहेको वताए । वेगनास युवा क्लवले गरेको हरेक कार्यमा महानगरको सधैं साथ र सहयोग रहने उनको प्रतिबद्धता थियो ।
त्यस्तै, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख विरेन्द्रकुमार वस्यालले युवाहरुलाई सही बाटोमा लैजान यस्ता प्रतियोगिताहरु फलदायी हुने वताए । कार्यक्रममा ईलाका प्रहरी कार्यलय प्रमुख चित्राङ्त बराल, वडा नं ३१ का वडाध्यक्ष कमल थापालगायतले बोलेका थिए ।
उद्घाटन खेलमा आयोजक बेगनास बी समुहले पहिलो जित दर्ता गर्यो । सिर्जना बहिरा माविलाई पेनाल्टी सुटआउटमा ८–७ को कठिन जित निकाल्यो । त्यस्तै, दोश्रो खेलमा लामा गाउँ बी समुहले प्रगति फुटबल क्लव कास्कीकोटलाई २–१ को जित निकाल्यो । पहिलो हाफको नतिजा बराबर भएको उक्त खेलमा दोश्रो हाफमा प्रगतिले मौका गुमाउँदा हार बेहोर्नु पर्यो । तेश्रो खेलमा बाराही बेगनासलाई आयोजक वेगनास सी ले १–० को अन्तरले पराजित गर्यो । सोमबार ७ खेल हुने प्रतियोगिता संयोजक सुरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५५ हजार ५ सय ५५ र तेस्रो पुरस्कार १५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले आठ हजार, सर्वाधिक गोलकर्ताले ५ हजार र उत्कृष्ट मिडफिल्डर, डिफेण्डर र गोलरक्षकले ५ हजार प्राप्त गनेर्छन्। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गनेर्छ ।
प्रतियोगिता सञ्चालन गर्न ८ लाख ५० हजार खर्च लाग्ने र ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१