‘चञ्चल’ को परदेशी रुवाउने गीत

एजेन्सी
फागुन ७, २०७५
aama

‘बिदाइको दिन आँसुले आँखा भिजेको पाएथेँ

वर्षौ पहिले आमालाई छाडी परदेश आएथेँ

परदेशी हुँदा आमाको आँसु, पुछ्न नि पाइएन

आमाले धरती छाडेर गइन्, मुख देख्नै पाइएन ।’

पोखरा, ६ फागुन। परदेशीहरुको यस्तो मार्मिक पीडा बोकेको गीत युट्युबाट सार्वजनिक भएको छ । गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलको रचना रहेको गीत म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

साता अघि यो गीत गीतकार शर्माले आफ्नी दिवंगत आमा जमुनाकुमारी भट्टराईको वार्षिक पुण्यतिथिमा अमेरिकास्थित टेक्ससमा एक कार्यक्रम आयोजना गरी सहभागीमाझ सार्वजनिक गरेका थिए ।

परदेशमा रहँदा घरपरिवारका सदस्य गुमाउँदाको पीडादेखि स्वदेशको मायालाई समेत गीतमा वास्तविक ढंगले उतारिएको छ ।

गोविन्द मधुर आचार्यले स्वर दिएको गीतमा उनलाई महिला आवाजमा गायिका वसन्ता प्रकृतिले साथ दिएकी छिन् । गीतको संगीत संयोजन र एरेन्ज स्वयं गायक आचार्यले गरेका हुन् ।

गीतलाई युएस खबर डटकमका संचालक किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन् । गीतको म्यूजिक भिडियो शिव पुरीले निर्देशन तथा सम्पादन गरेका छन् । रामेश्वर कार्कीको छायांकन रहेको गीतमा आमाको भूमिकामा कलाकार अञ्जु देउजा, राजाकुमार घोष, रेगन क्षेत्री र हरि दवाडीले अभिनय गरेका छन् । वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको अवधारणा अनुरुप नै गीतको भीडियो निर्माण भएको हो । परदेशीको छोरो र गाउ“मा एक्लै बसेकी आमाको कथा बोकेको गीतले समग्र विदेशमा बसिरहेका परदेशीले घरपरिवारबाट टाढा हुँदा भोग्नुपरेका समस्या गीतमार्फत पस्किएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width