सुकुम्वासीले घेरे वडा कार्यालय

आदर्श समाज सम्वाददाता
फागुन १, २०७५
sukumbasi

लेखनाथ, २९ माघ। पोखरा–३२, खुँदीखोलामा रहँदैआएका सुकुम्वासी वडा कार्यालयले दिँदै आएको सेवा सुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न माग राख्दै मंगलबार वडा कार्यालय भवन घेराऊ गरेका छन् ।

२०५४ सालदेखि खुँदीखोला किनारको करिब ९ सय रोपनी क्षेत्रफलमा ६ सय ५० घरधुरीमा करिब ४ हजार संख्यामा सुकुम्बासी बस्दै आएका छन् । सयौंको संख्यामा आएका उनीहरुले मंगलवार बिहान १० बजेदेखि वडा कर्यालय घेराउ गरेका हुन्। राज्य पुर्नर्संरचना भैसके पनि जनप्रतिनिधिले आफ्नो सेवा सुविधा कटौती गरेको आक्रोशमा कार्यालय घेराऊ गरिएको उनीहरुले बताए ।

अखिल नेपाल सुकुम्वासी संघ पोखरा–३२ का अध्यक्ष जेवी घलेले विगतका सरकारले दिएका निम्नतम सुविधा लालपूर्जा वितरण नगरिनु, बसाइँसराइ र वडा मार्फत विनियोजित रकम उपलब्ध नगराउनु, वृद्धभत्ता जस्ता निम्नतम् सुविधाबाट वञ्चित गरेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताए ।

उनले सुकुम्बासी समस्या समाधान नगरी दलहरुले भोटको खेती गरेको भन्दै आक्रोश पोखे ।

वडाध्यक्ष अक्कलबहादुर कार्कीले वडामा सुकुम्बासीका समस्या चर्को रुपमा रहेकोले महानगरपालिका र सुकुम्वासी आयोगले जायज माग सम्बोधनमा ध्यान दिनुपर्ने बताउँछन् ।

कार्यक्रममा टोल अध्यक्ष भूपेन्द्र मास्के, अर्जुन मल्ल, सचिव रुपेश परियार, जगत परियार, सुलबहादुर परियार लगायतले राज्यको तर्फबाट पाउने सुविधा वञ्चित गरेमा आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width