पोखरा, २९ माघ । पोखरा–७, माछापुच्छे«मार्गस्थित पोखरा लनर्स एकेडेमीले १३ औँ वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ। सो अवसरमा विभिन्न व्यक्तिको सम्मान एवं विद्यार्थीलाई पुरस्कार वितरण गरियो ।
वार्षिक खेलकुद कार्यक्रममा उत्कृष्ट विद्यार्थीका साथै शैक्षिक वर्ष २०७४ मा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरियो। प्रमुख अतिथि गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले विद्यालयले स–साना बाबुनानीहरुमा देशभक्ति, जाति प्रेम, आपसी सद्भाव र संस्कृतिप्रति सजग गराउन सफल भएकोमा विद्यालयको प्रंशसा गरे।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखा प्रमुख ब्रह्कुमारी अप्सराले शिक्षासँगै आध्यात्मलाई पनि जोड दिन सकेे जीवन सवल र सार्थक हुने बताइन् । विद्यालय संस्थापक निदेर्शक ईश्वरबन्धु गौतमले ‘विद्यार्थीको अथक परिश्रमको प्रतिफल र विद्यालयले उचित शैक्षिक वातावरण निर्माण गरेकोले विद्यालयको शैक्षिक उन्नति उच्च भएको बताए।
विद्यालय संस्थापक प्राचार्य विधान गौतमले विद्यालयको प्रगति विवरण पेश गर्दै भावि योजना समेत प्रस्तुत गरे ।
विद्यालय व्यवस्थापन समिति सदस्य अमृत बरालले निरन्तरको प्रयत्न, कर्मशील शिक्षक र अनुशासित विद्यार्थीका कारण विद्यालय आजको स्थानमा पुगेको दाबी गरे । विद्यालय सहप्राचार्य उष्णा गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा कक्षा १९ की छात्रा सुजिता खड्का वर्ष विद्यार्थी, विक्रम श्रेष्ठ वर्ष शिक्षक, शिक्षक शिव परियार दीर्घसेवा सम्मान र कर्मचारी शिवप्रसाद पौडेल उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भए ।कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त कार्यक्रम शिक्षक कृष्ण लम्साल र छात्रा प्रेरणा बास्तोलाले संयुक्त रुपमा संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१