पोखरा, २२ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएला प्रकरणमा आफ्नो अडान कायमै रहेको वताएको छ ।
सचिवालय सोमवार वसेको बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने बताएको छ ।
राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहेको र हरेक देशको सार्वभौमसत्ता स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने नेकपाले बताएको छ ।
सचिवालय बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ गते माघमा विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अमेरिकाको हस्तक्षेप भएको भन्दै विरोध जनाएका थिए ।
त्यसपछि अमेरिकाले भेनेजुलाएला प्रकरणमा नेपाल सरकारको आधिकारिक धारणा माग्यो । परराष्ट्र मन्त्रालयले कूटनीतिक भाषामा तर, प्रचण्डकै भावमा वक्तव्य जारी ग¥यो ।
कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधानअनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने सरकारको वक्तव्य थियो । लगतै सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर ब्रिफिङ गरेको थियो । तर, अमेरिकी राजदूत आएनन् ।
विपक्षी नेपाली कांग्रेस लगायत विभिन्न क्षेत्रबाट भेनेजुएला प्रकरणमा नेकपा र सरकारको आलोचना भएको थियो । कांग्रेसले नेपाललाई अमेरिकाले आर्थिक सहयोग गर्दै आएकाले उसलाई चिढ्याउन नहुने तर्क गरेको छ ।
सत्तारुढ नेकपाले भने पार्टीको धारणा दोहो¥याउँदै सचिवालय बैठकबाटै वक्तव्य जारी गरेको छ । सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले भने ‘यस पार्टीको विदेश नीति र अन्तर्रा्ष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा छैन । यस सम्बन्धमा पार्टीको दृष्टिकोण र नीतिहरु स्पष्ट र स्थिर छ ।’
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको ब्रिफिङमा अमेरिकी राजदूत नआएको लगायतका विषयमा जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१