कालीगण्डकी करिडोरमा काम नै भएन

kirankaushal
माघ २१, २०७५
kaligandaki corridor

पाल्पा, २० माघ। कालीगण्डकी करिडोर (गैडाकोट–राम्दी–मालढुङा ) सडक आयोजनाको सडक निर्माणमा व्यावसायीहरूको लापरवाहीले २ वर्ष अगाडि खोलिनु पर्ने ट्रक्याक अझै खुलेको छैन।

ट्रक्याक नखुलेको रानीमहल क्षेत्रको अवलोकन गदै नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले ठेक्का लिएर काम नगर्ने मनसाय राखेका निर्माण व्यावसायीलाई कारवाहीको दायरामा ल्याउने बताएका छन्। मन्त्री खतिवडाले सार्वजनिक खरिद ऐन संशोधनको क्रममा रहेका बताउँदै सडक आयोजनाले निर्माण व्यावसायीलाई ताकेता गर्ने यदी अटेर गरेमा सरकारले ऐन संशोधनपश्चात् कारवाही थाल्ने बताए।

उनले राष्ट्रिय गौरवका आयोजनाहरूमा स्रोत र साधनको कमि नहुने भएकाले निर्माण कार्यलाई गतिदिन आयोजना प्रमुखलाई निदेर्शन  दिएका छन्। २०६९/०७० देखि २०७१/२०७२ ठेक्का सम्झौता गरेका निर्माण व्यावसायीहरूले सयममा काम नगरेकाले पाल्पाको राम्दी–रानीमहल–रिडी खण्ड र स्याङजाको र्मिमि–फलेवास खण्डमा ट्रक्याक नखुलेको हो।

राम्दीधाम हुदै रानीमहल दरबार र रुरु ऋषिकेश क्षेत्रलाई जोड्ने सडकमा २ बर्ष यता निर्माण व्यावसायीहरूले काम नै गरेका छैनन्। आयोजना कार्यालय र निर्माण व्यावसायीहरूको चरम लापरवाहीले ट्रक्याक खुलाउने भन्दा सजिलो खण्ड काम गरेर बिल भुक्तानी लिने गरेका छन्।

रानीमहल खण्डको ठेक्कामा कार्यालयको मिलेमतोमा सजिलो काम गराउने तर रानीमहल नजिकको २ सय मिटर खण्ड सडक नखुलेकाले रानीहल आउने पर्यटकले सास्ती भोगेको स्थानीय लिलाधर भट्टराईले बताए।

रानीघाट–यम्घा खण्डमा हिमद थोकर कन्स्ट्रक्सन काठमाण्डौ, दैलातु– र्दपुक खण्डमा सन्तोषी प्यासिफिक कन्स्ट्रक्सन नेपाल प्रगति जेभी काठमाण्डौं, र्मिमि–फलेवास खण्डमा अमर सूर्य पशुपती जेभी सुखेर्त र गैडाकोट–पिपलडा“डा खण्डमा ओएसिस ई एण्ड बिल्डर्स भरतपुरले आयोजना कार्यालयले सम्र्पकलाई सूचना समेत निकालेको छ। निर्माण व्यावसायीले काममा ढिलासुस्ती गरेकाले राष्ट्रिय गौरवको आयोजनाको ट्राक्यक खोल्ने र स्तरउन्नतीका काम अलपत्र परेका छन्।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width