पोखरा, १९ माघ । पोखरा–७, मासबारस्थित घरेलु कार्यालय अगाडि सडकमा रोकीराखेको सरकारी गाडीमा शनिवार बिहान नेविसंघका विद्यार्थीले आगजनी गरेका छन्।
पोखरा महानगरीय शिक्षा महाशाखाको बा१झ ५८७९ नं को पिकअप भ्यानमा नेविसंघका विद्यार्थीले आगजनी गरेका हुन्।
सो घटनामा संलग्न पाँच जना विद्यार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरुले गाडीका चालकलाई बाहिर निकालेर आगजनी गरेका हुन्। पोखरा महानगरको उक्त गाडी महानगरी शिक्षा महाशाखाले प्रयोग गर्दै आएको थियो। बिदाको दिन सरकारी गाडी चल्न नदिने नेविसंघको निर्णय छ।
महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्ति प्रकाशित गर्दै सो भ्यान कार्यालयको पूर्व निधारित काममा प्रयोग भइरहेको अवस्थामा एक जत्थाले आगजनी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा सरकारी कामको सिलसिलामा गुडिरहेको सवारी साधनलाई रोकेर चालकलाई बलपूर्वक बाहिर निकाली नागरिकले तिरेको करबाट आर्जित सरकारी सम्पत्तिमा क्षति पुर्याएर महानगरको कामकारबाहीमा अवरोध पुर्याउने कार्यको घोरभत्र्सना गरिएको छ।
महानगरपालिकाले स्वास्थ्य महाशाखामा रिक्त रहेका विभिन्न पदहरुमा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार तय गरिएको लिखित परीक्षा सञ्चालन गर्न शिक्षा महाशाखा प्रमुखलाई केन्द्राध्यक्ष तोकिएको र उनलाई लिन जाने क्रममा उक्त सवारीसाधनमा आगजनी गरी पूर्णक्षति गराइएको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले नेविसंघ पोखरा विश्वविद्यालयका सभापति डिफान भुजेल, ला ग्राण्डी कलेजका नेविसंघ सभापति विनय पौडेल, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेविसंघ जिल्ला सभापति परशुराम बस्नेत र पूर्व सभापति लक्ष्मीप्रसाद पौडेललाई लेकसाइडको होटल ऋदमबाट पक्राउ गरी आवश्यक सोधपुछ जारी राखेको जनाएको छ ।
यस्तै, प्रहरीले ग१४प १७२९ र ग८प १६८९ नं को स्कुटर र बा५६प ३४८६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१