पूर्वयुवराजको स्वास्थ्यमा सुधार

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
paras shah

काठमाडौँ, १५ माघ । हृदयघातका कारण अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।

शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उनको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले जानकारी दिए । शाहको उपचारमा प्राडा यादव देव भट्टको नेतृत्वमा डा जेपी अग्रवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठलगायतको टोली खटिइएको अस्पतालले जनाएको छ । एक्कासि छाती दुखेपछि पूर्वयुवराज शाह सोमबार अपराह्न अस्पताल भर्ना भएका थिए । रासस

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै