पोखरा, १३ माघ । नेपालका रोहितकुमार पौडेलले आइतबार संयुक्त अरब इमिरेटससँग भएको एक दिवसीय क्रिकेट खेलमा ५८ बलमा ५५ रन बनाए । यसैंसँग उनी अन्तराष्ट्रिय क्रिकेटमा अर्ध शतक बनाउने सबैभन्दा कम उमेरका युवा खेलाडी बनेका छन् ।
५५ रन बनाउने क्रममा उनले ७ चौका प्रहार गरेका थिए। यसभन्दा पहिला यो रेकर्ड भारतका प्रसिद्ध ब्याटस् म्यान सचिन तेन्दुलकरको नाममा थियो । सचिनले पाकिस्तानविरुद्धको टेष्ट खेलमा ५९ रन बनाउँदा उनी १६ वर्ष २१३ दिनका थिए । १६ वर्ष १४६ दिनको उमेरमा आइतबार रोहितले ५५ रन बनाएर विश्व किर्तिमान बनाएका हुन् ।
यस्तै रोहितले पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड पनि तोडेका छन् । एक दिवसीय क्रिकेट तर्फ भने शाहिदले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंका विरुद्ध ३७ बलमा शतक बनाएका थिए । रोहितले टेष्ट र एक दिवसीय गरी दुवै प्रतियोगितामा कम उमेरमा अर्ध शतक बनाएका हुन् ।
रोहितले सन् २०१८ मा नेदरल्याण्सविरुद्ध एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । उनी एक दिवसीयमा डेब्यु गर्ने कान्छो खेलाडीको चौथो नम्बरमा रहेका छन् । आइतबार भएको खेलमा टस जित्दै ब्याटिङ रोजेको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ४२ रन जोडेको थियो ।
१९.३ ओभरमा युएईलाई अल आउट गर्दै नेपालले १४५ रनले यूएईलाई पराजित गर्दै जित हासिल गरेको हो । सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिएपछि युएईलाई नेपालले ९७ रनमै अल आउट गरेको हो ।
यसअघि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको नाममा रेकर्ड कायम थियो । अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध ३७ बलमा शतक बनाएका थिए ।
यस्तै टेस्टतर्फ भारतका सचिन तेन्दुलकरको नाममा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड थियो। सचिनले पाकिस्तानविरुद्धको टेष्टमा १६ वर्ष २१३ दिनमा अर्धशतक बनाएका थिए ।
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१