उपकारको वार्षिकोत्सवमा सरसफाइ

आदर्श समाज सम्वाददाता
माघ ७, २०७५

पोखरा, ६ माघ । पोखरा–६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसरमा सरसफाई गरिएको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत बाराहीघाटदेखि हल्लनचोकसम्म सरसफाई गरेको हो ।

सरसफाईमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी, वडा नागरिक मञ्चका रामबहादुर थापा, विष्णुहरि अधिकारी, वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारी, सहकारीका अध्यक्ष सूर्यनाथ पहारी र कार्यक्रम संयोजक नारायणप्रसाद अधिकारीसहित आमा समूहले सहभागिता जनाएका थिए ।

सरसफाईमा सक्रिय सहभागिता जनाउने जगदम्बा आमा समूह प्रथम, नमुना आमा समूह द्वितिय, खहरे आमा समूह तृतिय भएका छन् । सरसफाईमा सहभागिता जनाउने आमा समूहहरुलाई पाँच/पाँच थान कुचो र पञ्जा वितरण गरिएको सहकारीका उपाध्यक्ष विजय पहारीले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा संस्थाले आयोजना गरेको चार दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन शनिवार संस्थाका सदस्यबीच भेटघाट कार्यक्रम गरिएको छ ।

सोमबार पोखरा–६ स्थित नारेश्वर बोटमा रक्तदान र १२ गते स्वास्थ्य शिविर गरिने सहकारीका अध्यक्ष सूर्यनाथ पहारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width