स्याङ्जा, ४ माघ । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेश पोखराको आयोजनामा जिल्ला गत सुझाव संकलन कार्यशाला शनिवार स्याङ्जामा गरिएको छ ।
कार्यशालाको उदघाटन गर्दै संघीय संसद सदस्य नारायणप्रसाद मरासीनीले योजना बनाउने मात्र ठूलो कुरा नभई कार्यान्वयनको पक्षलाई ध्यान दिनुपर्ने बताए । गण्डकी प्रदेशको यो पञ्चबर्षिय योजना सफल तुल्याउन सबैले सकारात्मक सहयोग गर्नुपनेर्मा सदस्य मरासीनीले जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य मीनप्रसाद गुरुङ्, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मालगायतले गण्डकी प्रदेशको समृद्धिका लागि स्याङ्जाबाट पञ्चबर्षिय योजनाबारे सुझाव दिएका छन् ।
बिद्यायन समिति सभापति मोहनप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीति तथा योजना आयोगका सदस्य बिष्णु बरालले संचालन गरेका थिए ।
सो कार्यक्रममा उपाध्यक्ष डा शर्माले गण्डकी प्रदेशको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागीले बिभिन्न ५ समूह निर्माणगरी पञ्चबर्षिय योजनामा समावेश गराउन बिबिधपक्षमा सुझाव उपलब्ध गराएका थिए ।
‘विपेक्षणको ३० प्रतिशत बचत गर्ने, होमस्टे र स्थानीय उत्पादनलाई जोड दिने, शाहसिक खेललाई प्रोत्साहन दिदैँ आँधीखोला किनारलाई एभिएशन जोन निर्माण गर्ने, सिद्धार्थ राजमार्ग पोखरा—लुम्बिनी सडकलाई बिस्तार गर्ने, मुक्तिनाथ—कोरला—पोखरा—डेढगाँउ—सुस्ता जोडिनुपर्ने, आँधीखोला करिडोरको निर्माण गरिनुपर्ने, आँधीखोला हाइड्याम्पसहित त्यस क्षेत्र वरपरका उर्जाशील जग्गाको संरक्षण र उत्पादन क्षेत्रमा जोडिनुपर्ने, शीतभण्डार निर्माण कार्य सम्पन्न गर्नुपर्ने, स्याङ्जालाई शैक्षिक हबका रुपमा विकास गरी प्राबिधिक शिक्षामा जोड दिइनुपनेर्लगायतका सुझाव दिइएको छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१