पोखरा, २ माघ। मादी–११, भगवती बजारमा आयोजित ऐतिहासिक माघेसंक्रान्ति मेला बुधबार सम्पन्न भएको छ।
आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यका साथ आयोजित मेलामा भएको गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा संरक्षयण युवा क्लब घ्यामरूमको समूह प्रथम भयो । उसले उपाधि सहित ५० हजार रुपैयाँ जितेको छ । जुरे भूमि युवा क्लब तप्राङ द्वितीय हँदै ३० हजार रुपैयाँ प्राप्त गर्यो ।
विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा राष्ट्रज्योति मावि सैमराङ प्रथम हँदै २५ र जनकल्याण मावि मकैखोला द्वितीय हँदै १५ हजार साथमा प्रमाणपत्र पायो । जनमन्दिर आधारभूत विद्यालय थुम्सीकोट तेस्रो हुँदै १० हजार साथमा प्रमाणपत्र पायो भने रत्नशोभा मावि माझठाना सान्त्वना भयो ।
छेलो हान्ने प्रतियोगितामा पोखरा १३ का सूर्यबहादुर अधिकारी प्रथम र स्याङ्जा टक्सारका सुदिन गुरूङ दोस्रो भए । उनीहरुले क्रमशः १० र ६ हजार पाए ।
गाउँस्तरीय डोरी तान्ने प्रतियोगितामा रबैडाँडा समूह (क) प्रथम भयो । मादी ८ रबैडाँडा समूह दोस्रो भयो । उनीहरुले १० र ७ हजार पाए ।
म्यूजिकल चियर्समा पुनम गुरूङ प्रथम, मोति गुरुङ दोस्रो हुँदै क्रमशः ६ र ४ हजार पाएको मेला आयोजक समिति सचिव ज्ञानबहादुर कार्कीले जानकारी दिए।
विजयी खेलाडीलाई मादी गाउँपालिका उपप्रमुख विष्णुमाया पौडेल, बरालडाँडा तमु समाज पोखरा–१२ का अध्यक्ष क्या ढोलबहादुर गुरुङ, मेला आयोजक समिति संयोजक चिनबहादुर गुरुङ लगायतले पुरस्कार प्रदान गरे।
मेला आयोजक समितिका सयोजक चिनबहादुर गुरूङको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन समिति सचिव ज्ञानबहादुर कार्कीले गरेका थिए। मेला उद्घाटन पुस ३० मा प्रदेश सदस्य मीना गुरुङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१