सित्तैमा थाइराइड जाँच

आदर्श समाज सम्वाददाता
माघ १, २०७५
url_Fotor

पोखरा, ३० पुस । नेपाल मगर संघ नयाँबजार समिति पोखरा ८ ले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्यो । समाजका सदस्यलाई स्वास्थ्य सचेतना र सुलभ तवरले स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको हो । शिविरमा १  सय २ जनाको थाइराइडसम्बन्धी रक्त परीक्षण गरिएको छ ।

पोखरा ८ सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा सहभागीको रक्त समुह पनि सित्तैमा पहिचान गरिएको थियो । शिविरमा सहभागीहरुलाई अन्य खालका रक्त परीक्षणमा समेत विशेष सहुलियत दिइएको युआरएलका प्रबन्ध निदेर्शक ठाकुरप्रसाद पन्तले बताए ।

युआरएलले विभिन्न संघ, संस्था सँगको सहकार्यमा निशुल्क शिविर गदै आएको छ । शनिबार आयोजना भएको शिविर ६० औं हो । हालसम्म यस्ता शिविरमा ३६ हजार भन्दा बढीको सित्तैमा जाँच गरिसकिएको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलले सामाजिक उत्तरदायित्व बोध गदै महंगा र संवेदनशील परीक्षणसमेत सित्तैमा र सहुलियता गदै आएको छ । जनवरी महिनाभर भिटामिन डिको जाँचमा ५० प्रतिशत र होल बडी जाँचमा २५ प्रतिशत छुट दिइएको प्रबन्ध निदेर्शक पन्तले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width