माघेसंक्रान्तिमा बिदा

आदर्श समाज सम्वाददाता
पौष २६, २०७५
maghe sankranti

माघेसंक्रान्ति पर्वमा गण्डकी प्रदेशमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्ति पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

थारु र मगर समुदायको विशेष चाड माघी र अन्यले मनाउँदै आएको माघेसंक्रान्ति मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। गण्डकी प्रदेशमा रहेका सबै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने उनले बताए । प्रदेश ५ सरकारले पनि माघि अवसरमा बिदा दिइएको छ। तर, यसअघि प्रदेश सरकारले दिएको बिदामा केन्द्र सरकारअन्तर्गतका कार्यालयले अटेर गरेका थिए। यसपालिको बिदामा संघ सरकारका कार्यालय पनि बन्द गरिदिन उनको आग्रह छ।

Related News

सम्बन्धित समाचार

hero news full width