टोपी दिवसमा लियोको र्याली

आदर्श समाज सम्वाददाता
पौष १९, २०७५
leo club hemja photo

हेमजा, १८ पुस। अन्तराष्ट्रिय नेपाली टोपी दिवस अवसरमा लियो क्लब अफ हेमजाले नेपाली टोपी पहिरनसहितको सद्भाव र्याली निकालेको छ।

‘हाम्रो टोपी, हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने मूल नारासहित राष्ट्रियता र पहिचानसम्बन्धी विभिन्न प्लेकार्ड सहितको‌ उक्त र्यालीमा हेमजाका विभिन्न संघसस्थाका प्रतिनिधि, समाजसेवी, ज्ञानसरोवर एकेडेमीका विद्यार्थीको सहभागिता थियो। प्रगतिचोकबाट शुरु र्याली लामाचौतारामा पुगी सभामा परिणत भएको थियो। सहआयोजक जागरण अभियान नेपालका अध्यक्ष शंकरमणि त्रिपाठीले यस्ता कार्यक्रमले नेपाली संस्कृतिको जगेर्ना गने बताए । उनले विद्यालयहरुमा टाई जस्तै नेपाली टोपीलाई पनि अनिवार्य गर्नुर्ने सुझाव दिए। विश्व हिन्दू महासंघ कास्कीका सदस्य भरतराज अधिकारीले कार्यक्रम उत्कृष्ट रहेको बताए । संघसंस्थाको तर्फबाट अमृता अधिकारीले बोलेकी थिइन्। सन्तोष ढकालले मेरो टोपीनामक गीत प्रस्तुत गरेका थिए। क्लबका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रम क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विजय त्रिपाठीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width