पत्रकार अधिकारी सम्मानित

आदर्श समाज सम्वाददाता
पौष १२, २०७५
durga adhikari

पोखरा, ११ पुस। पत्रकार दुर्गा अधिकारी बुधबार सम्मानित भएकी छन्। इन्द्रा क्षेत्री स्मृति मानव मिलन नारी जागरण पुरस्कारबाट उनी सम्मानित भएकी हुन्।

मानव मिलन नारी जागरण नेपालद्वारा सो संस्थाकी संस्थापक कोषाध्यक्ष इन्द्रा क्षेत्रीको स्मृतिमा स्थापित सो पुरस्कारको राशी १० हजार पाँच सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ। वरिष्ठ पत्रकार नारायण कार्कीले सम्मानपत्र, स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दोसल्ला र संस्थाकी अध्यक्ष सविता बरालले फूलमालाद्वारा उनको सम्मान गरेका थिए।

त्यस अवसरमा प्रमुख अतिथि कार्कीले सकारात्मक कार्य गनेर्हरुको सम्मानबाट नै समाज अघि बढ्ने बताए।

साथै, उनले दुर्गा अधिकारीको सञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका रहेको चर्चा गरे। यसैगरी समाजसेवी इन्द्रा क्षेत्रीको स्मृतिलाई जीवन्त राख्न मानव मिलन नारी जागरणले पुरस्कार स्थापना गरी उदाहरणीय कार्य गरेको भन्दै त्यसको प्रशंसा गरे।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संस्थापक संघका सदस्य दुर्गा अधिकारीको सम्मानले संघ गौरवान्वित भएको बताउँदै पत्रकार स्वतन्त्र रहेरै प्रतिष्ठित हुन सक्ने उदाहरण बनेको बताए।

सम्मानित पत्रकार दुर्गा अधिकारीले समाजसेवीको नाममा स्थापित पुरस्कार पाउँदा आफूलाई खुसी लागेको बताइन्। पुरस्कारले जनताको आवाज अझ बुलन्द बनाउन जिम्मेवारी थपिएको महसुस गरेको बताउँदै आफूलाई सञ्चार क्षेत्रमा लाग्न प्रेरणा दिने बुबा आमालगायत सबैप्रति आभार व्यक्त गरिन्।

संस्थाकी पूर्व अध्यक्ष पार्वती पौडेलले भनिन्– दुर्गा अधिकारीले रेडियो सफलतामार्फत् धेरै सञ्चारकर्मी उत्पादन गरेकी छन्।

नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति शोभाचन्द्र बरालले दुर्गा अधिकारीबाट सञ्चालित रेडियो सफलतामार्फत् नै मासवारको प्रचार भएको उल्लेख गर्दै महिलाहरुको सहभागिता विना कुनै पनि कार्यक्रम सफल नहुने बताए।

पत्रकार सुष्मा पौडेलले भनिन् – जुझारु पत्रकार दुर्गाको सम्मानले सबै महिला सञ्चारकर्मी सम्मानित भएको महशुस भएको छ।

प्रतिभा छनौट समितिका सदस्य निर्मला कार्की भण्डारीले सम्मानित व्यक्तित्वको परिचय प्रस्तुत गर्दै राम्रो काम गर्दै जाँदा सफलता प्राप्त हुन्छ भन्ने नमूना अधिकारी भएको बताइन्।

कार्यक्रममा साहित्यकार अम्बिका भण्डारी, नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, महिला विकासका लागि आमा समूहका अध्यक्ष मेनका बराल, स्व. इन्द्राकी दिदी देवीमाया कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष सविता बरालले स्व. इन्द्रा क्षेत्रीको सामाजिक योगदानबारे चर्चा गरेकी थिइन्। उपाध्यक्ष कमला गिरीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव मेनका पोखरेलले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width