सेराजेम निरीक्षण टोलीको भव्य स्वागत

आदर्श समाज सम्वाददाता
पौष १२, २०७५
serajem_Fotor

पोखरा, ११ पुस । सेराजेम पोखरा सेन्टर निरीक्षणका लागि आएका अतिथिलाई भव्य स्वागत गरिएको छ। उरी पोखरा सेन्टर प्रालिद्वारा सञ्चालित सभागृहचोकस्थित सेन्टर र बगर सेन्टर निरीक्षणका लागि विभिन्न ४ सेन्टरका प्रमुख यहाँ आएका हुन्।

मानिस शारीरिकरुपमा मात्र भै मानसिक रुपमासमेत स्वस्थ हुनुपर्छ भन्ने मान्यताका लागि ‘साथी बनाऔं’ अभियानअन्तर्गत नेपालका ३० सेन्टरमध्ये उत्कृष्ट खोजी गर्ने उद्देश्यले निरीक्षण भएको पोखरा सेन्टर प्रमुख दीलिपसुव्वा गुरुङले जनाए।

निरीक्षणका लागि बुटवलका बाबुराम श्रेष्ठ, सुनवलका नारायण पौडेल, कावासोतीका राजन भुषाल र बगरका सनत गुरुङ सम्मिलित चार सदस्यीय टोली आएको हो। उनीहरुको स्वागतका लागि सभागृहचोक शाखाका कर्मचारीहरु सुशान्त रामदाम, वीनिता भण्डारी, सविना गुरुङ, मनिला गुरुङ, दीपा बानियाँ, गंगा गुरुङ, कमला आचार्य, सपना गुरुङ लगायत फूलगुच्छाको साथमा पहिलो पंक्तिमा थिए भने उपचारका लागि नियमित आउने करिब सय बढी मानिस पंक्तिबद्धरुपमा दुईहात जोडेर बसेका थिए।

सभागृहचोक शाखाका म्यानेजर देवराज पहारीले सेराजेमको ‘सी’ समूहअन्तर्गत पश्चिमका विभिन्न सेन्टर निरीक्षण गरेको टोलीलाई आफूहरुले गरेको गतिविधिबारे जानकारी दिएको बताए।

बुटवल सेन्टर प्रमुख बाबुराम श्रेष्ठले वातावरण, संचालक तथा कर्मचारी, सेवाग्राही लगायतलाई आधार मानेर मार्किङ गरिने जानकारी दिए। एकअर्को सेन्टरको निरीक्षण तथा अनुगमनपछि संकलित रिपोर्ट सेराजेमको कोरियन हेल्थ केयर कम्पनीमा पठाइने छ।

सेराजेमको मुख्य विशेषता वैज्ञानिक एवं प्रमाणीय तापीय उपचार विधि प्रयोग गरी सरल तरिकाबाट शारीरिक समस्याको निदान गर्नु हो। ८० राष्ट्रमा फैलिएको सेराजेम मेसिनमार्फत मेरुदण्डसहित मानवशरीरमा तातो व्यायाम गराई शरीरमा रक्तसंचार राम्रो बनाउन, स्नायु प्रणाली लचिलो बनाउन, शारीरिक दुखाइ वा पीडा कम गर्न र भविष्यमा रोग लाग्न नदिनु यसको प्रमुख विशेषता हो।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width