पोखरा, ९ पुस । पोखरेली आमा उत्तराकुमारी पालिखेको स्वर्गारोहण भएको छ ।
सोमबार दिउँसो २:३० बजे ८९ वर्षको उमेरमा उनको पालिखेचोकस्थित आफ्नै निवासमा निधन भएको हो । स्व. पालिखेको मंगलबार बिहान सेती किनार तुल्सीघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ।
प्रजातन्त्र सेनानी दयाशंकर पालिखेकी धर्मपत्नी स्व. पालिखेका छोराहरु विनोद शंकर, विश्वशंकर, विकाशशंकर र छोरी विद्या राजभण्डारी छन् । उनका जेठा छोरा गणेशमान पालिखेको केही वर्षअघि निधन भएको थियो ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि विभिन्न जनआन्दोलनमा सरिक हुँदै आएकी स्व. पालिखेको निधनले पोखरा शोकाकुल बनेको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१