पोखरा, ९ पुस। पोखरा–८ बगालेटोलका समाजसेवी क्या. ईश्वरबहादुर गुरुङ एम.एम.को गुरुङ परम्परा अनुसार बौद्ध अघौं सदन पोखरामा सोमवार दाहसंस्कार भयो।
८४ वर्षिय क्या. गुरुङको मेडिसिटी हस्पिटल काठमाडौंमा उपचारका क्रममा शुक्रवार साँझ निधन भएको थियो।
पुरानो गाउँ पर्वत, भूकदेउराली ताङ्लेका स्व. गुरुङ बृटिश आर्मीमा सन् १९४२ मा सेवा प्रवेश गरी १९६८ मा अवकाश प्राप्त गरेका थिए। उनी मलायामा भएको आकस्मिक लडाइँमा बहादुरी देखाएवापत एमएम (मिल्ट्री मेडल) बाट विभूषित भएका थिए। अवकाशपछि पनि उनले वृटिश आर्मीको भर्ती केन्द्रमा एरिया रेफ्रिटिङ अफिसरको जिम्मेवारी सम्हालेका थिए।
पोखरा–८ वगालेटोलमा आई बसोबास गने पुरानामध्ये एक गुरुङ तमु धिं नेपाल, बौद्ध अर्घौ सदनका आजीवन सदस्य, बगालेटोल टोल सुधार समितिका सदस्यलगायत विभिन्न सामाजिक संस्थामा आवद्ध थिए।
उनी सिद्धार्थ क्लब पोखरा, कर्म डुब्यु छोलिङ गुम्बा माटेपानी, सिद्ध प्राथमिक विद्यालय ताङले र ताङले तमु समाजलगायतका विभिन्न संस्थाबाट सम्मानित भएका थिए। कम बोल्ने, काममा लगनशील, समाजका सहयोगी व्यक्तित्वका रुपमा परिचित क्या. ईश्वरबहादुर गुरुङको निधनप्रति बगालेटोल टोल सुधार समितिले गहिरो दुःख व्यक्त गरेको छ।
स्व. क्या. गुरुङका चार छोरा ललितबहादुर, रामप्रसाद, नगेन्द्र र राजकुमार तथा दुई छोरी चीनकुमारी र दिलकुमारी गुरुङ रहेका छन्।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१