वालिङ, ९ पुस। लायन्स क्लब अफ पोखरा मुनालले वालिङ नगरपालिका ५, ६ र ७ वडामा अपांगता भएका व्यक्तिको लागि ८ थान ह्वीलचियर वितरण गरेको हो।
ह्वील चियर वितरण कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले लायन्सले वालिङमा सहयोग गरेकोमा खुसी ब्यक्त गर्दै नगरभित्र रहेका करीब ५५ जना शारीरिकरुपमा अपाङ्गता भएकाहरुलाई क्रमशः ह्वील चियर उपलब्ध गराउँदै जाने बताए।
वालिङ नगरपालिकाले आगामी वर्षको बजेटबाट नगरभित्रका १४ वटै वडामा रहेका खरका छाना विस्थापित गरी टिनका छानामा रुपान्तरण गने योजनामा रहेको नगर प्रमुख खाँणको भनाइ थियो।
कार्यक्रममा क्लबका वरिष्ठ सल्लाहकार चण्डीप्रसाद अर्यालले दुःखीले दिएको आशीष सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएको बताउँदै क्लबले सानो पुँजी संकलन गरी सहयोग अभियान सञ्चालन गरेको उल्लेख गरे। क्लबले आगामी दिनमा नगरपालिकासँग सहकार्य गर्दै नगरभित्रका शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चियर उपलब्ध गराउने तयारीमा रहेको बताए। कार्यक्रममा लायन अर्जुन थापा, साविक जगतभञ्ज्याङ गाविसका पूर्व अध्यक्ष नरप्रसाद रेग्मी लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
क्लब अध्यक्ष जितेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व अध्यक्ष ज्ञानेन्द्रराज कोइराला र स्वागत वडा ५ अध्यक्ष ढाकाराम पंगेनीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१