विद्यार्थीलाई स्टेशनरी र न्यानो कपडा

आदर्श समाज सम्वाददाता
पौष ४, २०७५

पोखरा, ३ पुस। लायन्स क्लब अफ लामाचौर र सच्चाई सत्संग लामाचौरले कास्कीका दुर्इ सामुदायिक विद्यालयका विद्यार्थीलार्ई स्टेशनरी, न्यानो कपडा तथा एक थान कम्प्युटर हस्तान्तरण गरेको छ।

पोखरा २८ मा रहेको लेखनाथ आधारभूत विद्यालयलाई कम्प्युटर सहित त्यहाँ अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी प्रदान गरिएको हो ।

त्यस्ते, पोखरा २७ मा रहेको कविशिरोमणि लेखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हेा । दुवै विद्यालयमा दलित/जनजाति तथा विपन्न वर्गका बालबालिका पढ्छन् ।

लेखनाथ आधारभूत विद्यालयमा भएको कार्यक्रममा क्लब अध्यक्ष सञ्जय लामाले वडा २८ का अध्यक्ष निर्मल दियाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोलानाथ त्रिपाठी र प्रअ टेकबहादुर भुजेललाई कम्प्युटर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक गभर्नर ३२५ वी नेपालका डिपार्टमेन्ट चिफ तीर्थ श्रेष्ठ, डिष्ट्रिक ३२५ वीका जोन चेयरपर्सन गोविन्दबहादुर शाही, क्लब उपाध्यक्ष तथा सच्चाई लामाचौरका अध्यक्ष ज्ञानु लामा लगायतले विद्यार्थीलाई सो सहयोग वितरण गरेका हुन्।

कार्यक्रममा पत्रकार रामप्रसाद तिमिल्सेना, विद्यालयका स्रोतव्यक्ति दीपकराज अधिकारी, क्लब उपाध्यक्ष ज्ञानु लामा लगायतले विद्यालयको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गरे।

उता, कविशिरोमणि विद्यालयमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र पौडेलले क्लबले गरेको सहयोगले विद्यार्थीलाई निरन्तर विद्यालय आउन सहयोग पुग्ने बताए । शिक्षक वेदनाथ अधिकारीले संचालन गरेको सो कार्यक्रममा समाजसेवी गोपी पौडेलले स्वागत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width