काँडे बराहमा पोखरी शिलान्यास

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७५
kande baraha mandir photo

हेमजा, २६ मङ्सिर ।अन्नपूर्ण गाउँपालिका-३, स्थित काँडे बराह मन्दिर क्षेत्रमा बुधवार पोखरीको शिलान्यास गरिएको छ ।

पोखरीको समाजसेवी समेत रहेको राप्रपाका केन्द्रीय सदस्य स्थानीय कुलबहादुर गुरुङ कुलुले शिलान्यास गरेका हुन । उनले काँडे बराहलाई धामका रूपमा विकास गरिनुपर्नेमा जोड दिर्दै बराहसँग अद्भुत शक्ति गरेको चर्चा पनि गरे ।

समाजसेवी गुरुङले स्थानीयहरूले नजिकको तिर्थलाई हेला गर्न नहुने भन्दै जसले आफ्नो गाउँठाँउलाई माया गर्दछ त्यो नै वास्तविक देशप्रेम भएको पनि औँल्याएका थिए । उनले मन्दिर व्यवस्थापनका लागि रु. एक लाख एक हजार एक सय एघार सहयोग पनि गरेका छन ।

सो अवसरमा भनाई राख्दै मन्दिरका मुख्य पुजारी डिल्लीराम पौडेलले गुरुङ परिवारले मन्दिर व्यवस्थापनमा लागि देखाएको सदासयता प्रशम्सनीय रहेको बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङले सहयोगको सदुपयोग गरिने प्रतिबद्घता जनाएका थिए ।

पोखरीको मन्दिरका मुख्य पुजारी डिल्लीराम पौडेल, पण्डित पुण्यप्रसाद सुवेदी र मोतिलाल पौडेलले विधीपुर्वक पुजा गरी शिलान्यास गरिएको हो । कार्यक्रमबीच मन्दिर व्यवस्थापन समितिका सल्लाहकार केशवकुमार विजुक्छे, कोषाध्यक्ष गुरुदत्त भारती, गोविन्दप्रसाद पौडेल, इन्द्रप्रसाद अधिकारी लगायतले पनि आ-आफ्ना धारणा राखेका थिए ।

चाँडै नै आवश्यक छलफल गरेर पोखरीको आकार निर्धारण गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। व्यवस्थापन समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width