पोखरा, २४ मङ्सिर । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, कास्की मोडल हस्पिटल प्रालि. न्युरोड पोखराको आयोजनामा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।युनियनले आफ्नो स्थापनाको अबसर पारेर आईतबार कास्की मोडल हस्पिटल प्रा.लि. को प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको हो ।
‘रक्तदान जिबन दान, जिबनदान महादान’ भन्ने नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथी कास्की मोडल हस्पिटल प्रालिका अध्यक्ष लेखबहादुर गुरुङले पहिलो रक्तदाता नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय सदस्य जितेन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।
प्रमुख अतिथी गुरुङले युनियनले स्थापनाको अबसर पारेर सुरुवातमा नै सामाजिक क्षेत्रमा आफूलाई अगाडि बढाएकोमा खुसी ब्यक्त गर्दै युनियन आगमी दिनमा झन् सफल हुँदै जाने धारण ब्यक्त गरेका थिए । गुरुङले युनियन र संस्था एक आपसमा सहकार्य गरेर जानु पर्नेमा पनि जोड दिए ।
कार्यक्रममा बोल्दै कास्की मोडल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक डा. लुमेश्वर आचार्यले युनियनसंग आफूहरु सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै युनियनको सफलताको कामना गरे ।
कार्यक्रममा रक्त संचार केन्द्र पोखराका अर्जुन ज्ञवाली, नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डाक्टर गिरिधार शर्मा, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होम प्रालिका अध्यक्ष कृष्ण आचार्य, फेवासिटी हस्पिटल कर्मचारी युनियनका अध्यक्ष शेरबहादुर शाही, हिमाल भट्टराईलगायतले बोलेका थिए ।
युनियनका अध्यक्ष लक्ष्मी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका सचिब आनन्द आचार्यले स्वागत र कार्यक्रम संयोजक सूर्य पोख्रेलले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१