पोखरा, २४ मंसिर । लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटको प्रथम फेलोसिप कार्यक्रम पर्यटकीय गाउँ मिसा सम्पन्न भएको छ ।
लायनहरुबीच आपसी भाइचारा विकास गर्ने उद्देश्यले २ दिनसम्म चलेको फेलोसीप अवसरमा क्लबले माछापुच्छे्र गाउँपालिका निवासी स्थानीय १०१ वर्षीया बसुना गुरुङलाई सम्मान र स्थानीय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
यस्तै, क्लबले पूर्व राष्ट्रिय भलिबल खेलाडी एवं क्लबका ज्येष्ठ सदस्य देवी सुवेदी र क्लबका को-अर्डिनेटरका रुपमा हरिशचन्द्र शर्मालाई सम्मान गरेको फेलोसीप कार्यक्रम संयोजक भविन्द्र गुरुङले जनाए ।
सो अवसरमा डोरी नाध्ने, बेलुन फुटाउने, पानी भर्ने खेल संचालन गरिएको थियो। डोरी नाध्नेमा रामजी सुनार, पानी भर्नेमा भविन्द्र गुरुङ, बेलुन फुटाउने खेलमा मिलन पौडेल प्रथम हुँदै पुरस्कार जिते। कार्यक्रममा मिसाआमा समूहले स्वागत गर्नुका साथै समूह सचिव मीरु गुरुङको संयोजनमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
क्लबका संस्थापक अध्यक्ष अमृत बरालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका वडा १ सदस्य सूर्य गुरुङ, एमजेएफ लायन नेत्र ज्ञवाली, आमा समूह अध्यक्ष वनसुवा गुरुङ लगायत बोलेका थिए ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष शिव गौतमले स्वागत र सचिव रमाकान्त गौतमले संचालन गरेका थिए।
फेलोसीपमा क्लबका २७ जना सदस्यको सहभागिता रहेको संस्थापक अध्यक्ष बरालले बताए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१