पोखरा, १० मंसिर । गरिमा विकास बैंक लि., तल्लो गगनगौंडा शाखाले पोखरा ३२, मजुवास्थित कालिका आधारभूत विद्यालयलाई स्वच्छ खानेपानी व्यवस्थापनको लागि ५ सय लिटरको पञ्चकन्या पानी टंकी सहयोग गरेको छ ।
बैंकका पोखरा क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीले सरकारले समेत उपेक्षा गर्ने गरेको सरकारी विद्यालयका विद्यार्थीले स्वच्छ पिउनेपानी व्यवस्था गर्न बैंकले पानीटंकी सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे।
उनले बैंकले ग्राहकको मन जित्न सफल भई आज विकास बैंकहरुको अग्रस्थानमा रहेको जानकारी गराए। बैंकले विद्यालयको अनुरोध अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बैंकका तल्लो गगनगौंडा शाखा प्रमुख केशबहादुर गुरुङले जानकारी गराए।
विद्यालय प्रअ विष्णुबहादुर बस्नेतले पानीटंकी सहयोगले बैंक तथा समाजको सम्बन्ध अझ प्रगाढ भएको बताए।
कार्यक्रममा बैंकका तर्फबाट लघुवित्त विभाग प्रमुख नवीन प्याकुरेल तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो भने विद्यालयबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर गुरुङ, व्यवस्थापन समिति सदस्य, अभिभावक संघका पदाधिकारी, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो। प्रधानकार्यालय काठमाडौं लाजिम्पाटमा रहेको बैंकले हाल देशभर ६६ वटा शाखा कार्यालय संचालित छन् ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१