गुप्तेश्वर क्याम्पसको भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७५
gupteshwor

पोखरा, २ मंसिर । पोखरा-१७ स्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोग तथा जिल्ला विकास समिति कास्कीको प्राविधिक सहयोगमा निर्मित भवन नेपालका लागि भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन डा अजय कुमारले शनिबार उद्घाटन गरेका हुन् ।

उनले भारत सरकारले नेपालमा जलविद्युत्, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत धेरै परियोजनामा कार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विन्दा राना, गण्डकी प्रदेश सदस्य कृष्ण थापा, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षत्री, स्थानीय समन्वय अधिकारी डिल्लीराम सिग्देल, पोखरा-१७ का वडाध्यक्ष तीर्थराज अधिकारी लगायतले नेपालको विकासमा भारत सरकारको योगदान रहेको बताए।

क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत गर्दै क्याम्पस भवन निर्माण तथा शैक्षिक गतिविधिबारे जानकारी दिएका थिए ।

२०७३ साल साउन १४ मा मुक्तिनाथ रेग्मी जेभी पोखराले ४ करोड १० लाख ७१ हजार रुपैयाँमा भवन बनाउने सम्झौता गरेबमोजिम सो लागतमा ३ भवन निर्माण भएको हो । जसमा २१ कोठा छन् । क्याम्पस संचालक समिति अध्यक्ष डा भूपति ढकाल कमलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रध्यापक लेखनाथ बरालले गरेका थिए । सो अवसरमा छात्रछात्राले नृत्य प्रस्तुत गर्नुका साथै पञ्चेबाजा बजाएर अतिथिको स्वागत गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width