पोखरा, २ मंसिर। एक हुल मानिसहरु कलाकार सुनिल सिग्देलका चित्र अगाडि सेल्फी लिँदै थिए।
त्यही हुलमा नागढुंगाका महेन्द्रराज भण्डारी पनि थिए। त्यसो त राजभण्डारी आफै पोखराका अग्रज कलाकार हुन्। सुनिल उनलाई मनपर्ने कलाकार। त्यसैले प्रदर्शनी छुटाउने कुरै भएन। महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी शुक्रबारदेखि जारी सुनिलको एकल चित्रकला प्रदर्शनीमा सुनिल फ्यानसँंग ‘सेल्फी’ खिचाउँदैमा व्यस्त देखिएका हुन्। प्रदर्शनी तेश्रो दिन आइपुग्दा अवलोकनकर्ताको भीडभाड पनि बढ्दै गएको छ। ‘प्रदर्शनी अवलोकन गर्न यति धेरै अवलोकनकर्ता आउलान् भनेर आशै गरेको थिइनँ, म नै दंग परेको छु,’ कलाकार सिग्देलले भने।
प्रदर्शनी हेर्न पोखराका मात्रै होइन, बाहिरका कलापारखी पनि आएका छन्। अवलोकन गर्न आउनेहरुले घेरा हालेर एकैपटकमा प्रश्न गर्छन्, कयौंलाई जवाफ पनि दिन भ्याइनँ होला,’ कलाकार सिग्देलले खुसी व्यक्त गरे।
‘उहाँका कलाको बारेमा धेरै नै सुनेको थिएँ, तर आज प्रत्यक्ष अवलोकनपछि हो रहेछ भन्ने लाग्यो,’ नयाँबजारकी प्रतीक्षा मानन्धरले भनिन्।
कला क्षेत्रमा चासो राख्ने मानन्धरले सिग्देलको एउटै चित्रमा आधा घण्टासम्म घोत्लिएको सुनाइन्। ‘अद्भूत छन् यी चित्रहरु,’ उनले भनिन्।
पोखरा-१३, कुँडहरका कलाकार सिग्देलको एकल प्रदर्शनीमा १६ वटा कला राखिएका छन्। यसअघि उनले काठमाडौंमा कला प्रदर्शनी सम्पन्न गरेका थिए। त्यस्तै विभिन्न राष्ट्रहरुमा उनको कला प्रदर्शनी सम्पन्न भइसकेको छ। ‘इको अफ साइलेन्स’ नाउँमा जारी प्रदर्शनी एक सातासम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१