पोखरा, २८ कात्तिक। विश्व मधुमेह दिवस अवसरमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले बुधबार मधुमेहसम्बन्धी सचेतना दिनुको साथै स्वास्थ्य जाँच कार्यक्रम गरेको छ । कार्यक्रममा महानगरका कर्मचारीसहित सर्वसाधारणको सुगर, प्रेसर जाँच तथा तौल र उचाई मापन एवं मधुमेहबारे परामर्श दिइएको हो ।
कार्यक्रममा ४ सय ५० जनाको सुगर, प्रेसर जाँच तथा तौल र उचाई मापन गरिएको स्वास्थ्य महाशाखाका नर्सिङ प्रमुख कविता पौडेलले जानकारी दिइन्।
कार्यक्रममा पोखरा महागनरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ,प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, सहायक प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, महानगरका उपसचिव एवं सूचना अधिकारी गंगालाल सुवेदी लगायतले सुगर प्रेस जाँच गराएका थिए।
जाँच गरिएका अधिकांशमा मधुमेह रोग देखिएको र त्यसबारे परामर्श प्रदान गरिएको थियो। मधुमेह लाग्नुका कारण र यसबाट बच्ने उपायबारे डा ओमप्रकाश कलौनीयाले परामर्श दिएका थिए। ‘नेपालीमा मधुमेहजस्ता नसर्ने रोगको प्रकोप बढ्दो छ, त्यसलाई रोक्न बेलैमा रोकथाम गर्नुपर्छ, डा कलौनीयाले भने, ‘मधुमेह लागेमा मृगौला, आँखा लगायत जीवनको गुणस्तरीयतामा असर गर्छ । त्यसैले समयमै यसको रोकथाम गर्नुपर्छ ।’
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले नेपालीहरुको खानपीनका कारण मधुमेह जस्ता रोगहरुको सिकार हुनुपरेको बताउँदै खानपीनमा ख्याल गर्नुपर्नेमा जोड दिए। उनले मानिसको स्वास्थ्यभन्दा ठूलो अरु नहुने बताउँदै जनचेतनाको खाँचो रहेको समेत बताए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१