विष्णुपादुका टोलीलाई सम्मान

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७५

हेमजा, २४ कात्तिक। हेमजास्थित विष्णुपादुका क्लबको नवनिर्वाचित टोलीलाई अखिल नेपाल फुटबल संघ -एन्फा) केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले शनिबार सम्मान गरेका छन्। उनले नवनिर्वाचित टोलीलाई बधाई ज्ञापन गर्दै पोखराको खेलकुद तथा सामाजिक क्षेत्रमा क्लबले रचनात्मक भूमिका खेल्दै आएको स्मरण गरेका थिए। थापाले एक थान बल पनि क्लबलाई हस्तान्तरण गरेका थिए।

पोखरा २५ का वडा सदस्य जितबहादुर कार्कीले नवनिर्वाचित टोलीको कार्यसफलताको शुभकामना व्यक्त गर्दै क्लबका रचनात्मक कार्यक्रममा वडाको सधैँ साथ रहने र आफूले पनि व्यक्तिगत रुपमा सक्दो सहयोग गर्ने प्रतिबद्घता प्रकट गरे।

क्लबका नवनिर्वाचित अध्यक्ष कृष्ण खड्काले आफ्नो कार्यकालमा सबैको सल्लाह र सहयोग लिएर अगाडि बढ्ने जनाउँदै क्लबले खेलकुद लगायत अन्य सामाजिक कार्यहरु पनि गर्दै जाने जनाएका थिए। कार्यक्रम एन्फा उपाध्यक्ष थापाको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width