धर्मशीला विद्धत वृत्ति मीनलाई

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७५
min

पोखरा, २० कात्तिक। धर्मशीला विद्धत वृत्ति-२०७५ बाट परियति केन्द्र प्रमुख मीन गुरुलाई सम्मान गरिने भएको छ।

भिक्षु धज्जवन्तोको अध्यक्षतामा मंगलबार बसेको धर्मशीला विद्धत वृत्ति व्यवस्थापन समितिको बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको हो।

बुद्ध धर्मको अध्ययन, अनुसन्धान र अन्वेषणमा योगदान दिने व्यक्तिलाई हरेक वर्ष १५ हजार रुपैयाँसहित ताम्रपत्रले सम्मान गरिँदै आएको छ। आगामी मंसिर ३ गते धर्मशीला गुरुमाको पुण्यतिथिमा आयोजित कार्यक्रममा सम्मान अर्पण गरिने जनाइएको छ। नदीपुरस्थित धर्मशीला बुद्धविहारकी संस्थापिका अनागरिका धर्मशीला गुरुमाको नाममा अनागरिका कर्मशीलाले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width